आज २०८२ साल असार ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। बन्धुत्वको भावना बढ्नाले मनमा हर्ष बढ्ने योग छ। शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। आफ्नो काम बिर्सिएर अरुको कामको चासो लिँदा घाटा हुनेछ। शिक्षामा प्रगति हुने दिन छ।

मिथुन : तपाईंको राशिमा शुभ ग्रहको आगमन भएकाले दिन राम्रो छ। राजनीतिक क्षेत्रको संकट टर्ने योग छ। स्वास्थ्यको उपचारमा भए सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। तपाईंको बोलीकै कारण आफन्त टाढिने जोखिम छ। थोरै बोल्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ।

सिंह : परिवारसँग रमाइलो घुमघाम गर्ने अवसर मिल्ने छ। सानो कुराले लामो समय मन अशान्त बन्ने जोखिम छ। अरुको कुरा सुन्ने भन्दा आफ्नो काममा ध्यान दिनु उचित हुन्छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कन्या : आज तपाईंमाथि पारिवारिक बोझ थपिने छ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुन्छ। एकल निर्णयले घाटा हुने जोखिम छ। पैतृक सम्पत्तिबाट भने लाभ हुने योग छ।

तुला : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको कामको प्रशंसा हुनेछ। लगानी गरेको भए व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिँदै जानेछ। राम्रा कामको जस अरुले लिनेछन्। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा अगाडि बढ्दा दैनिक काम सहज बन्ने छ।

धनु : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। एकल भन्दा सामूहिक लगानीबाट गरेको व्यापारमा फाइदा हुने योग छ। परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। मनको कुरा साथीसँग शेयर गर्दा फाइदा हुन्छ। विपक्षीले साथ दिँदा राजनीतिमा ठुलो उपलब्धि हात लाग्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। औद्योगिक क्षेत्रमा लगानी गरेको भए राम्रो नाफा आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती शनिदशाको प्रभावले शरीरमा अल्छीपन बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षीको आक्रमण हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ०५ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री