११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन « Khabarhub

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो ।

कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ ।

चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा ६२ करोड ७८ लाख, मङ्सिरमा ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी माघमा ७३ करोड दुई लाख, फागुनमा ७२ करोड ७६ लाख, चैतमा ७८ करोड ८० लाख, वैशाखमा ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।

गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाखमात्र सङ्कलन भएको थियो । (रासस)

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ५३ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका