वाल स्ट्रीट जर्नलको दाबी- इजरायलमा मिसाइल रोक्ने भण्डार हतियार सकिँदै « Khabarhub

वाल स्ट्रीट जर्नलको दाबी- इजरायलमा मिसाइल रोक्ने भण्डार हतियार सकिँदै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानमाथिको आक्रमण छैटौँ दिनमा चल्दै गर्दा इजरालयमा मिसाइल प्रतिरक्षा प्रणाली सकिँदै गएको दाबीसहित वाल स्ट्रीट जर्नलले समाचार प्रकाशित गरेको छ ।

वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार इजरायलमा मिसाइल रक्षा प्रणालीहरूको भण्डार घट्दो अवस्थामा पुगेको छ।

यसले इरानबाट प्रक्षेपण गरिने लामो दूरीका ब्यालिस्टिक मिसाइलहरू खसाल्ने क्षमता कमजोर हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

जर्नलले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको, ‘अमेरिका महिनौँदेखि इजरायलको क्षमतामा देखिएको समस्याबारे जानकार थियो। त्यसैले वाशिङ्टनले जमिन, समुद्र र आकाशमार्फत् इजरायलको रक्षा प्रणालीलाई थप बलियो बनाउने काम गर्दै आएको छ।’

इजरायली सेनाले भने अहिलेसम्म हतियारसम्बन्धी विषयमा टिप्पणी गर्न अस्वीकार गरेको जर्नलले उल्लेख गरेको छ।

रिपोर्ट अनुसार यदि अहिलेको संघर्ष चाँडै समाधान नभए इजरायलले इरानबाट प्रक्षेपित लामो दूरीका क्षेप्यास्त्रहरू रोक्न सक्ने छैन। यसलाई लिएर अमेरिकाले पनि चिन्ता जनाएको छ ।

अमेरिकाले हालैको महिनामा क्षेप्यास्त्र रक्षा प्रणालीहरू बढाएर पठाए अमेरिकी भण्डारणमा पनि दबाब पर्न थालेको छ ।

विशेष गरी जुन महिनादेखि तनाव झन् बढेको छ, त्यसयता अमेरिकाले क्षेत्रमै धेरै प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेको जनाइएको छ।

इजरायलले एरो मिसाइल रक्षा प्रणाली मात्रै इरानका मिसाइलहरू रोक्न नसक्ने अमेरिकाको बुझाइ छ।

अमेरिकासँग पनि मध्यपूर्व क्षेत्रमा तैनाथ जमिनबाट प्रक्षेपण गरिने प्याट्रिओट मिसाइल रक्षा प्रणाली छ । टर्मिनल हाई अल्टिच्युड एयर डिफेन्स (थाड) प्रणाली पनि उसले तैनाथ गरेको छ । जसले ब्यालिस्टिक मिसाइलहरूलाई बाटैमा रोक्न सक्छन् ।

अमेरिकी नौसेनाका विध्वंसक युद्धपोतहरूले पनि प्रक्षेपित मिसाइलरूलाई खसाल्ने काम गरिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : १७ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन