किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर « Khabarhub

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

परम्परागत रूपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यति बेला किवीका बोटले ढपक्कै ढाकेको छ । उनले किवीखेती गरेर वार्षिक छ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् । 

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन् । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किवीखेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किवीखेती गर्दै आएका छन्  । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किवीका बिरुवा छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किवीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष चार लाखको किवी र दुई लाखको किवीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किवीले उत्पादन दिन थालेपछि थापालाई किवी खेती गर्ने उत्प्रेरणा जागेको हो । 

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किवीफल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० किवीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रूपमा किवीखेती गर्न सुरु गरेका हुन् । 

‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु’, उनले भने । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । ‘वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ’, थापाले भने । 

उनले उत्पादन गरेको किवी बजारमा दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । 

उनले किवीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किवीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किवीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यति बेला आठ हजार किवीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई एक सय ५० देखि दुई सय रुपैयाँ पर्दछ ।

गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किवीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।
       
किवीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किवीराम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ । भार्षेमा पाँच वटा किवीसमूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा किवीखेती गर्दै आइरहेका छन् । रासस

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : ३६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना