किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर | Khabarhub Khabarhub

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

परम्परागत रूपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यति बेला किवीका बोटले ढपक्कै ढाकेको छ । उनले किवीखेती गरेर वार्षिक छ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् । 

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन् । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किवीखेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किवीखेती गर्दै आएका छन्  । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किवीका बिरुवा छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किवीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष चार लाखको किवी र दुई लाखको किवीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किवीले उत्पादन दिन थालेपछि थापालाई किवी खेती गर्ने उत्प्रेरणा जागेको हो । 

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किवीफल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० किवीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रूपमा किवीखेती गर्न सुरु गरेका हुन् । 

‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु’, उनले भने । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । ‘वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ’, थापाले भने । 

उनले उत्पादन गरेको किवी बजारमा दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । 

उनले किवीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किवीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किवीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यति बेला आठ हजार किवीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई एक सय ५० देखि दुई सय रुपैयाँ पर्दछ ।

गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किवीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।
       
किवीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किवीराम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ । भार्षेमा पाँच वटा किवीसमूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा किवीखेती गर्दै आइरहेका छन् । रासस

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : ३६ बजे

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच

‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्रले भन्यो : इजरायल र इरानमा भ्रमण नगर्नू

काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र