जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता « Khabarhub

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् ।

भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए । 

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेँडा पालनमा थप व्यवसायमा टेवा पुगेको छ । जिल्लाको सिंजा गाउँपालिका–६ का भेँडापालक किसान भीमबहादुर रावतले भने, ‘यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दाबढी भेडा रहेका छन् । सो रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेँडापालक किसान रावतको भनाइ छ ।’

चालु आर्थिक वर्षमा यहाँका २३० जना भेँडा किसानले प्रोत्साहन भत्ता पाएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसान छन् । जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् ।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेँडा पालक किसान रुञ्ज रावतको भनाइ छ । 

कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ । 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : ४८ बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा