काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी « Khabarhub

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएकी ३५ वर्षीया कविता गुरुङको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौंकै नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका २४ वर्षीय गम्भीर श्रेष्ठको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी
भएको छ ।

त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने सुदिप विकले सोही ठाउँस्थित सञ्चालन गरेको सौगात ज्वेलर्सबाट सुन तथा चाँदीका गरगहनासमेत गरी करिब ३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : १७ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय