भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा « Khabarhub

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको बताएको छ । सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको समाचार बाहिरिएपछि रास्वपाले यस्तो प्रष्टीकरण दिएको हो ।
  
‘हामीले पटक पटक भनेकै छौँ । हामी भिजिट भिसा र मानव तस्करीको संगठित अपराधको विरुद्ध आन्दोलन गर्दैछौँ । यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेको छौँ,’ कार्यवाहक प्रवक्ता मनिष झाले एक्स (ट्विटर) मा पार्टीको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन । कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन ।’

उनले जेठ १४ गते ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही भए प्रमाणसहित सम्पर्कमा आउनु’ भन्दै आव्हान गरेपछि २ हजारभन्दा धेरै पीडित सम्पर्कमा आएको पनि बताएका छन् ।  

‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो,’ झाले भनेका छन्, ‘हामीले उहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौँ । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’ 

‘रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको’ भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको झाको भनाइ छ । ‘रास्वपाले यसलाई विषयान्तर गर्न र संसद्को रोष्ट्रमबाट गृहमन्त्री लेखकले पीडितलाई दिएको धम्कीको नियोजित ऋंखला मानेको छ’ उनले लेखेका छन्, ‘सासंद श्रेष्ठले निर्देशन दिएको’ भनेर आएको समाचार गलत छ ।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ४ : ३७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको