पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल « Khabarhub

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् ।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए। एमाले उपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताए ।

‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मूला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिदैन’ उनले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागि रहेको जानकारी दिए ।

‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ’, उनले भने, ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरू प्रस्ताव गर्दछ । यी विषयहरू हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ ।’

उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसंगठनलाई निर्देशन दिए ।

‘विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं,’ उनले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए। उनले पार्टी निर्माणमा जनसङ्गठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए।  २०४६र४७ को जनआन्दोलन र २०६२र६३ दोस्रो जनआन्दोलनमा जनसङ्गठन धेरै सशक्त भएको स्मरण गर्दै उहाँले वर्तमान अवस्थामा जनसङ्गठन सुस्ताएको बताए ।

‘जनसङ्गठन पार्टीको नर्सरी हो । यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’, उनले भने, ‘त्यसैले मूलरूपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरूलाई ल्याउने काम जनसङ्गठनको नै हो । तर अहिले कतिपय जनसङ्गठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरि पार्टीमै फर्काइ दिने गरेका छन् । यसले सङ्गठन र पार्टीको विस्तार हुँदैन ।’

जनसङ्गठन संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले नवनिर्वाचित जनसङ्गठन केन्द्रीय कमिटीले नयाँ जोश जागरका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताए। उनका अनुसार बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, महासचिव र निवर्तमान अध्यक्षको सहभागिता रहेको थियो । 

बैठकमा जनसङ्गठनका इन्चार्जहरूले आआफ्नो जनसङ्गठनका बारेमा रिर्पोटिङ गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ४ : ५६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन