प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया « Khabarhub

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा साब’को सोमबार टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले दुई मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । औषतभन्दा लामो टिजर बनेका कारण पनि यसले दर्शकको ध्यान तानेको हो ।

टिजर लामो भएकाले यस फिल्मको ट्रेलर ५ मिनेटभन्दा लामो धेरैको अनुमान छ ।

जे जस्तो भए पनि टिजरले दर्शकको ध्यान तानेको छ । युट्युबमा सार्वजनिक भएको दुई दिनमा यसले १२ करोडभन्दा बढी भ्युज पाएको छ । करिब १२ हजार प्रतिक्रिया पाएको छ ।

फिल्ममा प्रभास ‘लभर ब्वाइ’को भूमिकामा रहेको र बलिउड नायक सञ्जय दत्त खलनायक रहेको टिजरले खुलाएको छ ।

प्रभासलाई ‘लभर ब्वाइ’को भूमिकामा देख्न पाइने भएकाले फ्यानहरु उत्साहित बनेको पाइएको छ । टिजरमा प्रभासलाई देखेपछि एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘भिज्टेज डार्लिङ इज ब्याक ।’

त्यस्तै केहीले फिल्ममा सस्पेन्स खुराकहरु टन्नै रहेको महसुस भएको उल्लेख गरेका छन् ।

प्रभासलाई ‘लभर ब्वाइ’को भूमिकामा देखेपछि केहीले ‘पुरानो प्रभास फर्किए’ भन्ने प्रतिक्रिया दिएका छन् ।

मिस्टर आकाश नाम सामाजिक सञ्जाल प्रयोगकर्ताले यस फिल्मले बस्क अफिसमा रेकर्ड कायम गर्ने अनुमान गरेका छन् ।

यस टिजरले बढी सकारात्मक प्रतिक्रिया पाएको छ । तर, नकारात्क प्रतिक्रिया पाउँदै नपाएको भने होइन ।

केही दर्शक फिल्मको भीएफएक्ससँग असन्तुष्ट देखिएका छन् । प्रभासको फिल्ममा अपेक्षाअनुसार भीएफएक्सको काममा सुधार नभएको उनीहरुको प्रतिक्रिया छ ।

केहीले प्रभासलाई लभर ब्वाइको भूमिका नसुहाउने पनि टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ४१ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर