भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह « Khabarhub

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी र सुनकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुन सक्ने र त्यसले नदीमा पानीको सतह बढ्न सक्ने सूचनाका आधारमा विभागले यस्तो आग्रह गरेको हो ।

चीनको प्रहरी कार्यालयबाट जारी सूचनामा असार ७ गतेसम्म भोटेकोशी नदीको मुहान क्षेत्र तिब्बतमा अत्यधिक वर्षा हुन सक्ने उल्लेख छ । यसले भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव बढ्न गई बाढीको जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदीतटीय क्षेत्रहरू उच्च जोखिममा रहेको विभागले जनाएको छ ।


 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ४५ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले