भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह « Khabarhub

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी र सुनकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुन सक्ने र त्यसले नदीमा पानीको सतह बढ्न सक्ने सूचनाका आधारमा विभागले यस्तो आग्रह गरेको हो ।

चीनको प्रहरी कार्यालयबाट जारी सूचनामा असार ७ गतेसम्म भोटेकोशी नदीको मुहान क्षेत्र तिब्बतमा अत्यधिक वर्षा हुन सक्ने उल्लेख छ । यसले भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव बढ्न गई बाढीको जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदीतटीय क्षेत्रहरू उच्च जोखिममा रहेको विभागले जनाएको छ ।


 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ४५ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय