गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका छन् ।

मध्य गाजा पट्टीको सालाह अल–दिन स्ट्रिटमा बुधबार बिहानै सहायताका लागि पर्खिरहेका मानिसमाथि इजरायली आक्रमणमा ११ जना प्यालेस्टिनी मारिएको र करिब एक सय जना घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

मध्य गाजा पट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएर गरिएको आक्रमणमा छ जना मारिएका छन् भने अन्य घाइते भएका छन् । दक्षिणी गाजा पट्टीमा, खान युनिसको अल–मवासी क्षेत्रको अल–अत्तारमा विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली विमानले आक्रमण गर्दा तीन भाइसहित पाँच प्यालेस्टिनी मारिएको र अन्य धेरै घाइते भएका छन् ।

गाजा सहरमा, सहरको दक्षिणपूर्वमा अल–जेइटाउन छिमेकमा रहेको अली बिन अबी तालिब मस्जिद नजिकैको घरमा इजरायली आक्रमणमा आठ जना नागरिकको मृत्यु र अन्य धेरै घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ५५ हजार चार सय ९३ पुगेको छ भने एक लाख २९ हजार तीन सय ३२० जना घाइते भएका छन् ।

जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिना रोकिएपछि इजरायली कब्जाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । यद्यपि, अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गर्दै इजरायलले बारम्बार आफ्ना सर्तहरू उल्लङ्घन गरेको छ । 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ३५ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय