पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क | Khabarhub Khabarhub

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको विकासका लागि हिमालको प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय राससले आयोजना गरेको ‘पर्वतीय पर्यटन स् हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर सुन्दर र सन्देशमूलक भएको उल्लेख गरे । 

उनले तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रको अवस्थाका बारेमा जानकारीसमेत प्राप्त हुने उल्लेख गरे । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तर्राष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताएका थिए ।

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्‍चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ५३ बजे

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’