मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो « Khabarhub

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ। रेड कर्नर नोटिस जारीपछि अन्तर्राष्ट्रिय सहयोगमार्फत उनलाई पक्राउ गरिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई लिन कम्बोडिया गएको थियो। प्रहरीका अनुसार भण्डारीलाई लिएर उक्त टोली बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको करोडौं रकम अपचलनसम्बन्धी उजुरीहरू परेपछि सीआईबीले यस मामिलाको अनुसन्धान अघि बढाएको थिय े।

प्रारम्भिक अनुसन्धानमा भण्डारीको प्रत्यक्ष संलग्नता देखिएपछि कम्बोडिया भागेका उनीविरुद्ध अन्तर्राष्ट्रिय रेड कर्नर नोटिस जारी गरिएको थियो।

अब उनलाई अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै