आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई १८ तारिख। आज गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीको प्रभावले कामहरु बन्नेछन्। डुब्न लागेका धनहरु हात लाग्नेछन्। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले दुरगामी फाइदा हुनेछ। परिवार र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।

वृष : विदेशी रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए कार्य सहज हुनेछ। राजनीतिमा गरेको सहकार्यले संगठनमा पहुँच रहनेछ। स्वास्थ्यमा भने समस्या देखिन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

मिथुन : दिन राम्रो छ। आज उच्च पदका व्यक्तिसँग भएको भेटले मनमा उत्साह थपिनेछ। दीर्घकालीन योजना बन्नेछ। राज्यको माथिल्लो निकायबाट पनि तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। आफ्नो मूल्याङ्कन आफैले गर्नुपर्ने दिन छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भन्दा वैदेशिक रोजगार र व्यापारमा आम्दानी हुनेछ। अग्रजको सल्लाह लिएर काम गर्नुहोला। पारिवारिक मेलमिलाप हुनेछ।

सिंह : आज शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह दिनेछ। पारिवारिक समस्या हुनसक्छ। गोपनियता कायम गर्नु राम्रो हुनेछ। अभिभावक संस्थाबाट गरेको लगानीले लाभ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।

कन्या : दिन सामान्य रहेको छ। बोल्दा ध्यान दिनुहोला। शिक्षामा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। परिवारमा घुमघाम तय हुनेछ। शिक्षामा गरेको प्रयासले नाम र दाम प्राप्त हुनेछन्। विपक्षी ठानेका व्यक्तिबाट नै सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ।

वृश्चिक : दिन सामान्य छ। मन उत्तेजित हुनसक्छ, मन शान्त बनाउनुपर्नेछ। शिक्षामा गरेको प्रयासले ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने उच्च पदस्थ व्यक्तिसँगको भेटघाटले मनमा शान्ति मिल्नेछ।

धनु : दिन राम्रो रहेको छ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। विपक्षी आफूभन्दा बौद्धिक भएकाले थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ। परिवारको साथसहयोग मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। तर राजनीतिक क्षेत्रमा भने ठगहरु सक्रिय छन्। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा समस्या आउन सक्छ।

कुम्भ : दिन सामान्य छ। मध्येसाढेसातीले यात्रामा खर्च र समय खेर जानेछ। शिक्षाको क्षेत्रमा लगानी भए दिन सहज बित्नेछ। परिवारमा बोल्दा सचेत हुनुहोला।

मीन : दिन राम्रो छ। आज गरेको प्रयासबाट सम्पत्ति कमाउने बाटाहरु प्रशस्त भेटिनेछन्। बोल्दा ख्याल नगरे समस्या हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ५९ बजे

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा