खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत | Khabarhub Khabarhub

खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले भर्खरै सकिएको आर्थिक वर्षको वित्तीय प्रगति आज सार्वजनिक गरेको छ । विभागले चालु आवमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विगतका वर्षको तुलनामा विभागले यसपटक उल्लेखनीय सुधार गरेको हो ।

स्पष्ट निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ । अघिल्लो आवमा विभागको वित्तीय प्रगति ६३ प्रतिशतमात्र रहेकामा गत आवमा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको विभागद्वारा बिहीबार सार्वजनिक गरिएको तत्थ्यांकमा उल्लेख छ ।

विभागको अद्यावधिक विवरणअनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेले ९७ दशमलव ८३, रामेछापले ९६ दशमलव ९१ प्रतिशत, रूपन्देहीले ९५ दशमलव ९४, म्याग्दीले ९५ दशमलव ६२ तथा कास्कीले ९५ दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेका छन् ।

समयमै योजना कार्यान्वयन, अनुगमन तथा अन्तरसंस्थागत समन्वयले गर्दा विभागले उल्लेख्य सफलता हात पार्न सफल भएको विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभागसहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबैमा विभाग अनुग्रहित छ ।’

विभागले मुलुकभरका खानेपानी तथा ढल व्यवस्थापन परियोजनामा देखाएको तीव्रता र परिणाममुखी कार्यप्रगति यो उपलब्धिको मुख्य कारण भएको मन्त्री यादवले जानकारी दिए । 

उनले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो । हामी परिणाम देखिने गरी काम गर्छौँ, प्रगति अंकमा मात्र होइन, जनताको जीवनस्तरमा देखिनुपर्छ । आज जुन कुरा विभागले देखाएको छ ।’

खानेपानीका क्षेत्रमा विशेषगरी ग्रामीण भेगमा पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तारमा गरिएको प्रयास र काम पनि प्रशंसनीय रहेका उनको भनाइ छ । यो उपलब्धिले अबको आर्थिक वर्षमा अझ बढी प्रतिबद्धता र पारदर्शिताका साथ विकास निर्माणकार्य अघि बढाउने उनले विश्वास व्यक्त गरे।

विगतका वर्षहरूमा तुलनात्मक रूपमा कम प्रगति हुँदै आएकामा यस वर्ष विभागको वित्तीय प्रगतिमा उल्लेखनीय सुधार खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्यले बताए। उनले भने, ‘मन्त्रीज्यूको स्पष्ट निर्देशन, मार्गदर्शन तथा विभागको सक्रियता र प्रतिबद्धताका कारण यो आर्थिक प्रगति सम्भव भएको हो । जुन सबैका लागि सकारात्मक विषय हो ।’

यसै वर्ष विभागअन्तर्गतका १५ वटा कार्यालय स्थायी भएको र रु ११ अर्ब ६३ करोड बराबरको ८१ वटा योजनाको स्रोत सहमति प्राप्त भएको विभागका महानिर्देशक श्रेष्ठले बताए। उनका अनुसार विश्व बैंकको सहयोगमा भेरी पम्पिङ योजनाको सम्झौता यही आर्थिक वर्षमा सम्पन्न भएको, एसियाली विकास बैंकको एकीकृत परियोजनाको मिसन चलिरहेको र आउँदो दुई महिनाभित्र योजनाको ठेक्का आह्वान हुने तयारीमा रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ३९ बजे

आयकर पाँच प्रतिशत मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले राजस्व आम्दानी बढाउँदा प्रत्यक्ष

एमाले पोलिटब्युरो बैठक, सचिवालयका प्रस्ताव छलफलपछि अनुमोदन गरिँदै

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा

पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान

गण्डकी– पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५

सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले हालै

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार