युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित « Khabarhub

युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विडेनलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै इंग्ल्यान्ड महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ। समग्रमा ९ पेनाल्टी खेर फालिएको खेलमा इंग्ल्यान्डका लागि लुकी ब्रोन्जले विजयी पेनाल्टी प्रहार गरेकी थिइन्। ब्रोन्जको प्रहार लगत्तै स्विडेनकी स्मिला होल्मवर्गको प्रहार गोल पोस्ट भन्दा माथि बाट बाहिरिएको थियो।

यसअघि निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएको थियो। सो खेलमा स्विडेनले २-० को अग्रता लिए पनि जोगाउन नसेकेको हो।

स्विडेनले ७ पेनाल्टीमा दुईमा मात्र सफल प्रहार गरेको हो। जुरिचमा भएको खेलमा खेल सकिन ११ मिनेट बाँकी रहँदा स्विडेन २-० ले अघि थियो। कप्तान कोसालाने अस्लानी तथा आर्सनलका फरवार्ड स्टिना ब्ल्याक स्टेनसको गोलमा स्विडेनले अग्रता लिएको हो।

खेल सकिन ११ मिनेट बाँकी रहँदा इंग्ल्यान्डका ब्रोन्जले कोली केलिको क्रसमा हेड गोल गरिन् भने टिनएजर वैकल्पिक खेलाडी मिकेल अगाययामले पेनाल्टी मार्फत गोल गरिन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ५३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता