काठमाडौं उपत्यकाका अधिकांश सडकमा फुटपाथ छैनन्। भएकोमा पनि फुटपाथ व्यापारीले ओगटेर व्यापारिक केन्द्र जस्तो बनाएपछि पैदलयात्रुहरु एक अर्कासँग ठोक्किदै हिँड्नुपर्ने स्थिति थियो। काठमाडौं महानगरको प्रमुखमा बालेन शाह निर्वाचित भएपछि उनले फुटपाथ व्यवस्थापनमा उल्लेखनीय काम गरे।
अनेकन आलोचनाको बाबजुद काठमाडौंमा सरसफाइसँगै साँघुरा फुटपाथ व्यवस्थित भएको अनुभूति गरे। कम्तिमा अहिले नागरिकले त्यो भीडभाडबाट राहत पाएका छन्। तर त्यो राहत बर्खा आउन नपाउँदै सेलाउँछ।
आर्थिक वर्षको अन्त्यमा जसरी पनि काम देखाउने होडबाजीका लागि सरकार र ठेकेदार पक्ष दुवै सडक खन्न तम्सिएर लाग्ने गर्छन्। बजेट खर्च सक्नकै लागि मुसलधारे पानीमा फुटपाथ र सडक भत्काउने काम हुन्छ।
संरचना भत्काएर लथालिङ्ग छोड्ने हुँदा धेरै यात्रुहरु खाल्डामा परेर लडेका छन्। कति सवारीसाधनसहित खाल्डामा डुबेको समाचार हाम्रो लागि नयाँ होइन। शारीरिक रुपमा सशक्तका लागि समेत धराप बनेको सडक दृष्टिविहिनका लागि झनै समस्या परेको बताउँछन्– रमेश सुवेदी।
आर्थिक वर्षको अन्त्यमा जसरी पनि काम देखाउने होडबाजीका लागि सरकार र ठेकेदार पक्ष दुवै सडक खन्न तम्सिएर लाग्ने गर्छन्। बजेट खर्च सक्नकै लागि मुसलधारे पानीमा फुटपाथ र सडक भत्काउने काम हुन्छ।
दृष्टिविहीन रमेश हरेक दिन काममा जान्छन्। उनी एक स्कुलमा संगीत पढाउँछन्। साथै, संगीतकर्मी भएका कारण विभिन्न कार्यक्रममा उपस्थित हुनुपर्छ। बर्खा भनेर उनलाई छुट छैन। छाता ओढेरै पनि काममा निस्कनु पर्छ। पानीबाट छाताले त जोगाउँछ। तर फुटपाथमा खाल्टैखाल्टा हुँदा जुत्ता डुबेर कार्यक्रममा हिलैहिलो भएर पुग्नुपरेको गुनासो सुनाउँछन्।
खबरहबसँग भने, ‘हिलोमा परेर दिनहुँ जुत्ता डुब्छ। फुटपाथ उप्काएर उस्तै उत्पात छ। आम नागरिकलाई हिँड्न मुस्किल छ। अझ दृष्टिविहीनलाई झनै मुस्किल परेको छ। सेतो छडीले हिँड्नेका फुटपाथसँगै सांकेतिक कुराहरु हराएका छन्। जसले गर्दा उनीहरुलाई निकै मुस्किल परेको छ।’
‘कतै खाल्टो हुन्छ, कहिँ हिलो हुन्छ। म व्यक्तिगत रुपमा धेरै हिँड्नुपर्ने ठाउँ भनेको सुन्धारा, नेपाल वायुसेवा निगम अघिल्तिरको फुटपाथ हो। कहिँ पनि जान मुख्य केन्द्र हो त्यो। त्यहाँबाट काठमाडौँका धेरै ठाउँको गाडी लाग्छ’, सुवेदी थप्छन्, ‘अब त्यही नै फुटपाथ राम्रो छैन। सडकमा पनि खाल्टैखाल्टा छन्। गाडी चढ्न र ओर्लन नै मुस्किल पर्छ। बजेट सिध्याउन सरकारलाई मुसलधारे बर्खामा सडक खन्न भ्याइ नभ्याइ छ। जताततै खोलेर सडक धराप बनाएका छन्।’
बजेट सिध्याउन मात्रै गरिने निर्माण उपयुक्त नहुने र आमनागरिकलाई अप्ठ्यारो परेको ठहर गर्दै सडक विभागले विगत केही वर्षदेखि असारदेखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडकको कुनै पनि संरचना नखन्न भनेर सूचना जारी गर्दै आएको छ।
सामान्यतः जेठ १५ गतेबाटै खन्न पाइँदैन। विभागले आपत्कालीन अवस्थामा बाहेक सडक नखन्नु भनेर सार्वजनिक सूचना जारी गर्छ। तर हरेक वर्ष काठमाडौंसहितका देशका धेरै ठाउँमा त्यस्तो क्रम देखिन छाडेको छैन।
सामान्यतः जेठ १५ गतेबाटै खन्न पाइँदैन। विभागले आपत्कालीन अवस्थामा बाहेक सडक नखन्नु भनेर सार्वजनिक सूचना जारी गर्छ। तर हरेक वर्ष काठमाडौंसहितका देशका धेरै ठाउँमा त्यस्तो क्रम देखिन छाडेको छैन।
राजधानीका हकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतका पाइप निरन्तर मर्मत गर्नु परिरहने हुन्छ। परिस्थितिले सरकारी सूचनाविपरीत नै काम भइरहेको सडक अधिकारी बताउँछन्।
पानीका पाइप रसाउने र फुट्ने समस्या देखिनासाथ खानेपानी प्रदूषित हुन नदिन केयूकेएल मर्मतसम्भार गर्नैपर्ने बाध्यता रहेको बताउँछ। सरकारले मनसुनी वर्षा सुरु हुनुअगावै निर्माण चलिरहेका काम सक्न र बर्खाभर सडकमा धराप थप्ने काम नगर्न भन्ने गरे तापनि त्यसको पालना नभएको देखिन्छ। सडक विभागले आरोप लगाएझैँ केयूकेएल र नेपाल विद्युत प्राधिकरण अनि उपभोक्ता समितिसमेत बर्खामा सडक खन्ने काममा संलग्न भएको पाइन्छ।
‘अरु सडक अथवा निर्माण जस्तो होइन फुटपाथ। जनशक्ति लगाएर जसरी चीनमा एक दिनमा एक अस्पताल नै बनाउँछन्। सबैकुरामा चीनले जसरी काम गर्न नसकिएला। तर फुटपाथको सवालमा त्यो रफ्तारमा काम गर्नुपर्छ।’
तर सुवेदी फुटपाथ भने भत्काउने बित्तिकै बनाइहाल्नु पर्ने बताउँछन्। उनी भन्छन्, ‘अरु सडक अथवा निर्माण जस्तो होइन फुटपाथ। जनशक्ति लगाएर जसरी चीनमा एक दिनमा एक अस्पताल नै बनाउँछन्। सबैकुरामा चीनले जसरी काम गर्न नसकिएला। तर फुटपाथको सवालमा त्यो रफ्तारमा काम गर्नुपर्छ।’
‘दृष्टिविहीनका लागि पानी नपर्दा पनि हिँडडुल गर्न गाह्रो हुन्छ। बाटो हुँदा पनि गाह्रो हुन्छ। गाह्रो हुँदाहुँदै पनि कोसिस गर्न नछोड्ने हो। त्यसमाथि फुटपाथ भत्काएपछि झनै समस्या हुन्छ’, उनी थप्छन्, ‘कहिले बाइकमा ठोक्किने कहिले गाडीमा ठोक्किने हुन्छ। उचित संरचनाको अभावले आजको दिनसम्म भाग्यले बाँचिएको छ। ठोक्किने र लड्ने धेरैपटक भएको छ। तर ठूलो चोटपटक भने लागेको छैन। त्यसलाई भाग्यकृपा नै मान्ने होला।’
त्यसैगरी दृष्टिविहीनका लागि सरकार मात्रै नभएर आम नागरिकहरुले पनि परेको ठाउँमा सहायता गरी मानवता बिर्सन नहुने उनको भनाइ छ। ‘सडकमा अलपत्र परेको देख्दा अरुले सहायता गर्दा मानवीय धर्म हुन्छ। दृष्टिविहीनलाई सरकारले बसेर खाने सेवासुविधाको उपलब्ध गराएको छैन। हरेक सबल नागरिकसरह दिनहुँ काममा निस्कनु पर्छ’ सुवेदीले भने।
दृष्टिविहीनका लागि हरेक बस स्टेसनमा केही संकेत राख्नुपर्ने सुवेदी सुझाव दिन्छन्। भन्छन्, ‘सडकको अवस्था नाजुक हुँदा जो कोही नागरिक समस्यामा पर्छन्। त्यसमाथि दृष्टिविहीनको समस्याको पाटो झनै दुःखदायी हुन्छ। कुनै आवाजको संकेत भएमा सजिलो हुन्छ।’
प्रतिक्रिया