प्रभासले गरे होम्बाले फिल्म्ससँग तीन फिल्मको सम्झौता « Khabarhub

प्रभासले गरे होम्बाले फिल्म्ससँग तीन फिल्मको सम्झौता


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्यान-इन्डिया सुपरस्टार प्रभासले तीन फिल्मका लागि होम्बाले फिल्म्ससँग ऐतिहासिक सम्झौता गरेका छन्, जुन भारतीय फिल्म उद्योगकै लागि निकै ठूलो खबर मानिएको छ।

केजीएफ, कान्तारा, र सलार जस्ता सुपरहिट फिल्म निर्माण गरेको यो ब्यानरसँगको सहकार्यले प्रभासको करिअरमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ। यस सम्झौतासँगै प्रभास पहिलो ठूला तेलुगु स्टार बनेका छन्, जसले एउटै प्रोडक्सन हाउससँग यति ठूलो दीर्घकालीन सम्झौता गरेका हुन्।

भारतीय मिडिया टाइम्स अफ इंडियाका अनुसार प्रभासले यो निर्णय आफ्नो अनुभव र होम्बाले फिल्म्सको कार्यशैलीप्रति देखाएको गहिरो विश्वासका आधारमा गरेको बताउछन्।

प्रभासले केजीएफको शूटिंगका क्रममा घटेको एक रोचक घटनाको स्मरण गर्दै भने ‘केजीएफको सेटमा आगलागी भयो र बजेट पनि निकै कम थियो, सबैजना तनावमा हुँदा पनि निर्माता विजय किरागन्दरले शान्त हुँदै भने, ‘पैसाभन्दा महत्त्वपूर्ण राम्रो काम हो’, त्यस दिनदेखि मैले महसुस गरेँ — यो ब्यानर साँच्चिकै गुणस्तरलाई प्राथमिकता दिन्छ।’

प्रभासको यो अभिव्यक्तिले फ्यानलाई केजिफको पार्ट तीनमा प्रभासको इन्ट्री हुन सक्ने अड्कलबाजी फ्यानले गरेछन्। तर प्रभासले कुन कुन तीन फिल्मका लागि सम्झौता गरेका छन् भनेर खुलाएको छैन। यो सम्झौताले न केवल प्रभास र होम्बाले फिल्म्सलाई मात्रै नभई दर्शकसमेत अब प्रभासले कुन–कुन अनौंठा, भव्य र नयाँ कथामा अभिनय गर्नेछन् भन्नेमा उत्सुक छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : ५४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै