व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण « Khabarhub

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ । 

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत जनही पाँच हजारका दरले २४३ लाई १२ लाख २५ हजार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उनले बताए। आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो। 

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि पाँच हजार प्रदान गर्ने कानुनी व्यवस्था छ । 

यसैबीच, पालिकाले ५६ जनालाई अपाङ्गता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १० : ३० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु