अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन « Khabarhub

अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो सङ्घीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको सुरुवात मात्र हो ।

यो कटौतीले प्रविधि अर्बपति र ट्रम्पका पूर्व दाता एलन मस्कले सङ्घीय लागत कटौतीको नेतृत्व गर्ने भूमिकाबाट मेमा बिदाई लिनुअघि फेला पार्ने प्रतिज्ञा गरेको वार्षिक १० खर्ब डलर बचतको धेरै सानो अंश मात्र हासिल गर्छ ।

तर भर्खरै अमेरिकी ऋणमा ३० खर्ब डलरभन्दा बढी थप्ने अपेक्षा गरिएको घरेलु नीति विधेयक पारित गरेका रिपब्लिकनहरूले यो मतदानले बेलगाम खर्चलाई नियन्त्रण गर्ने ट्रम्पको चुनावी प्रचार प्रतिज्ञालाई सम्मान गरेको बताएका छन् ।

“राष्ट्रपति ट्रम्प र सदनका रिपब्लिकनहरूले वित्तीय जिम्मेवारी र सरकारी दक्षताको प्रतिज्ञा गर्नुभएको थियो”, सभामुख माइक जोन्सनले मतदानपछि तुरुन्तै विज्ञप्तिमा भने, “आज, हामी फेरि एक पटक त्यो प्रतिज्ञा पूरा गर्दैछौँ ।”

कंग्रेसका दुवै सदन रिपब्लिकन–नियन्त्रित छन् । यसको अर्थ पार्टी–लाइन हाउस अफ रिप्रेजेन्टेटिभ्सले मध्यरातको केही क्षणपछि २१६ देखि २१३ को मत, सिनेटद्वारा पारित उपायलाई सदर गर्न पर्याप्त थियो ।

अधिकांश कटौतीले रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशहरूका लागि कार्यक्रमहरूलाई लक्षित गर्छ तर यो कदमले आगामी दुई वर्षमा कर्पोरेशन फर पब्लिक ब्रोडकास्टिङले प्राप्त गर्ने भनिएको एक अर्ब १० करोड डलर पनि खारेज गर्छ ।

कन्जर्भेटिभहरू प्रायः एक हजार पाँच सयभन्दा बढी स्थानीय सार्वजनिक रेडियो र टिभी स्टेसनहरूका साथै सार्वजनिक प्रसारणकर्ताहरू एनपीआर र पीबीएसमा जाने कोष अनावश्यक भएको र पक्षपातपूर्ण कभरेजलाई वित्त पोषित गरेको बताएका छन् । (रासस)

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ०० बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका