केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’ « Khabarhub

केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले पार्टी संरचना तथा नेतृत्वसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू गरेपछि त्यसबारे क्रिया प्रतिक्रिया आउने क्रम जारी छ ।

यो बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिशाली बनाउँदै विभिन्न निर्णयहरू पारित गरेको छ।

बैठकले आगामी विधान महाधिवेशनबाट नेताहरूको कार्यकाल र उमेर सीमामा परिवर्तनको प्रस्तावसहित नेतृत्व पुनर्संरचना गर्ने विषयहरू पनि पारित गरेको छ ।

एमालेले दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी हटाउने या नराख्ने निर्णय लिएकव छ । त्यसैगरी १५ सदस्यीय पदाधिकारी र २५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको छ ।

एमालेले केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने भएको छ । जसको एकतिहाइ पोलिटब्यूरो सदस्य रहने निर्णय पनि एमालेले गरेको छ ।

एमालेले विधान महाधिवेशनमा नयाँ प्रतिनिधि कोही नहुन सक्ने तर नयाँ आमन्त्रितहरू आयोजकको रूपमा सहभागी हुन पाउने निर्णय पनि गरेको छ । जसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि छेक्ने कोसिस गरेको छ ।

यी निर्णयहरूलाई लिएर एमालेबाट २०८१ पुस १० गते निष्कासित पूर्व उपाध्यक्ष डा. भीम रावलले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै डा. रावलले पार्टी अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाएका छन्। उनले ओलीलाई ‘सत्ता र पदको लोभी’ भन्दै कटाक्ष गर्दै लेखेका छन् ।

‘जति भए पनि नअघाएर, जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख ‘ऑ…’ गरिरहने ‘झोले’ अध्यक्ष केपी ओली नै भएको निजका हालैका काम कुराबाट अब त सबैलाई प्रष्ट भयो होला, होइन र ?’, उनले भनेका छन् ।

रावलको यो टिप्पणी पुरानै हो । उनले एमालेभित्र एकाधिकारवाद र अनुशासनविहीनताको आरोप लगाउँदै ओलीको विरोधमा उत्रिँदै आएका थिए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ५४ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति