केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’ « Khabarhub

केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले पार्टी संरचना तथा नेतृत्वसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू गरेपछि त्यसबारे क्रिया प्रतिक्रिया आउने क्रम जारी छ ।

यो बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिशाली बनाउँदै विभिन्न निर्णयहरू पारित गरेको छ।

बैठकले आगामी विधान महाधिवेशनबाट नेताहरूको कार्यकाल र उमेर सीमामा परिवर्तनको प्रस्तावसहित नेतृत्व पुनर्संरचना गर्ने विषयहरू पनि पारित गरेको छ ।

एमालेले दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी हटाउने या नराख्ने निर्णय लिएकव छ । त्यसैगरी १५ सदस्यीय पदाधिकारी र २५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको छ ।

एमालेले केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने भएको छ । जसको एकतिहाइ पोलिटब्यूरो सदस्य रहने निर्णय पनि एमालेले गरेको छ ।

एमालेले विधान महाधिवेशनमा नयाँ प्रतिनिधि कोही नहुन सक्ने तर नयाँ आमन्त्रितहरू आयोजकको रूपमा सहभागी हुन पाउने निर्णय पनि गरेको छ । जसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि छेक्ने कोसिस गरेको छ ।

यी निर्णयहरूलाई लिएर एमालेबाट २०८१ पुस १० गते निष्कासित पूर्व उपाध्यक्ष डा. भीम रावलले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै डा. रावलले पार्टी अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाएका छन्। उनले ओलीलाई ‘सत्ता र पदको लोभी’ भन्दै कटाक्ष गर्दै लेखेका छन् ।

‘जति भए पनि नअघाएर, जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख ‘ऑ…’ गरिरहने ‘झोले’ अध्यक्ष केपी ओली नै भएको निजका हालैका काम कुराबाट अब त सबैलाई प्रष्ट भयो होला, होइन र ?’, उनले भनेका छन् ।

रावलको यो टिप्पणी पुरानै हो । उनले एमालेभित्र एकाधिकारवाद र अनुशासनविहीनताको आरोप लगाउँदै ओलीको विरोधमा उत्रिँदै आएका थिए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ५४ बजे

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक