विद्यार्थी संगठनहरूलाई एकजुट हुन नेविसंघको आग्रह « Khabarhub

विद्यार्थी संगठनहरूलाई एकजुट हुन नेविसंघको आग्रह


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थी संगठनहरूलाई एकजुट भएर आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन आग्रह गरेको छ ।  

शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरू बन्द भएपछि नेविसंघले आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन आग्रह गरेको हो ।
  
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको शैक्षिक हड्तालका कारण उपत्यकाका शैक्षिक संस्थाहरू बन्द भएका छन् । 

शिक्षा ऐन जारी हुनु अत्यावश्यक र विद्यार्थीमैत्री हुनु पर्नेमा समर्थन जनाउँदै नेविसंघले आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपायहरू हुँदाहुँदै पठनपाठन ठप्प पार्ने गरी विद्यालय बन्द गराउनु विद्यार्थी आन्दोलनको मूल मर्म र भावना विपरीत भएको बताएको छ । 

‘विद्यार्थी आन्दोलनलाई परिणाममुखी, सशक्त र सार्थक बनाउन अब साझा संकल्प आवश्यक छ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सबै विद्यार्थी संगठनहरू एकजुट भई आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन म देशभरका क्रियाशील विद्यार्थी संगठनहरूलाई हार्दिक आह्वान गर्दछु ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : २२ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु