कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान | Khabarhub Khabarhub

कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

वालिङ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ । उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो ।

उत्पादनमा आधारित प्रोत्साहन सहयोगअन्तर्गत मापदण्डअनुसार दैनिक २०० लिटर दूध सङ्कलन गर्ने र वार्षिक २०० दिन दूधको कारोबार गर्ने समूह सहकारीलाई छनोट गरी सहयोग दिइएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले जानकारी दिए ।

कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख लिटर दूधका लागि रु पाँचका दरले १० लाख रुपैयाँ प्रोत्साहनस्वरुप सहयोग गरेको उनले बताए ।

प्रोत्साहन रकम वितरणसम्बन्धी कार्यालयले मापदण्ड पूरा गरेका समूह तथा सहकारीबाट आवेदन माग गरेको थियो । त्यसमा तीन वटा समूह र सहकारीले आवेदन दिए पनि मापदण्डका आधारमा दुई वटालाई छनोट गरी प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए ।

कार्यालयले भिरकोट नगरपालिकामा अवस्थित भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला गाउँपालिकामा अवस्थित आँधीखोला कृषि उद्यम सहकारी संस्थामा आबद्ध कृषकलाई प्रोत्साहन उपलब्ध गराएको हो ।

‘प्रोत्साहन रकम दुई चरणमा गरी उपलब्ध गराएका हौँ’, प्रमुख श्रेष्ठले भने, ‘कृषकलाई अन्य सहयोग तथा अनुदानका कार्यक्रमभन्दा उत्पादनका आधारमा दिइने प्रोत्साहन रकम बढी प्रभावकारी हुने गरेको पाएका छौँ ।’

भिरकोट दुग्ध उत्पादक सहकारी संस्थाले कूल छ लाख ५० हजार ६५० रुपैयाँ प्राप्त गरेको छ । सहकारीले एक लाख ३० हजार १३० लिटर दूधका लागि उक्त रकम प्राप्त गरेको हो ।

आँधीखोला कृषिउद्यम सहकारी संस्थाले ६९ हजार ७२० लिटर दूध सङ्कलन गरेको थियो । सङ्कलित उक्त परिमाणको दूधमा पाँच रुपैयाँका दरले तीन लाख ४८ हजार ६०० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको उनले बताए ।

दुई वटा सहकारीले तोकिएको मापदण्डअनुसार दूध उत्पादन तथा सङ्कलन गरेका हुन् । सङ्कलन भएको दूधको प्रतिलिटर रु पाँचका दरले नौ लाख ९९ हजार २५० प्रोत्साहन सहयोग गरेको हो ।

प्रोत्साहन सहयोगले उत्पादनमा वृद्धि हुँदै गएकाले प्रोत्साहन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ । कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, मिल्क एनालाइजरलगायत यन्त्र तथा उपकरण पनि कृषकलाई अनुदानमा सहयोग गर्दै आएको छ । रासस

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ४२ बजे

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन

काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन