विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस् « Khabarhub

विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नै पर्ने बताएका छन् ।

गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरूलाई मेहनती बन्न सुझाव दिएका हुन् । मेहनत र परिश्रम विना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले विद्यार्थीहरूलाई अध्ययनमा ध्यान दिन पनि आग्रह गरे । 

‘तपाईँहरू जस्तो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भए पनि भविष्य तपाईँहरूको हातमा छ । अध्ययनको अवसर सदुपयोग गर्नुस् । विना मेहनत कोही पनि सफल हुँदैन । मेहनत परिश्रम गर्नुस् । भविष्य उज्ज्वल छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले शैक्षिक अवस्था राम्रो बनाउन विद्यार्थी, अभिभावक र विद्यालय परिवार सबैको साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिए। 

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक एवम् विद्यार्थीहरूलाई सम्मान एवम् पुरस्कार वितरण गर्दै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिए ।   

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाल पनि सहभागी थिए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ०३ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु