प्रधानमन्त्रीले भने- नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेसन’द्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताए । 

‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरेका थिए ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : २७ बजे

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने

गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको

सानेपामा सभापति देउवाका आठ तस्बिर

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार २८औँ

छात्रवृत्ति परीक्षा शनिबार बिहान ८ बजेदेखि हुने : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम

काठमाडौं– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षाको तयारी तीव्र पारेको छ

कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ : पूर्णबहादुर खड्का 

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन