शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ | Khabarhub Khabarhub

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्दा साथमा थिए स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह।

प्रचण्डसँग शेखरले दुई घण्टा लामो वार्ता गर्ने क्रममा सहभागी सिंहलाई उद्धृत गर्दै शुक्रबार बिहानैदेखि वर्तमान सत्ता गठबन्धनको विकल्पमा अर्को समूह बन्न लागेको दाबीसहितको समाचार आइरहेका छन् ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग भेट्न खुमलटार पुग्दा सँगै रहेका सिंहको दाबी भने बडो रोचक छ ।

उनले सञ्चारमाध्यमलाई दिएको विवरणअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच २०८१ असमार आधा आधा कार्यकाल लिने गरी भएको सहमतिको जगमा बनेको यो सरकार ढाल्न विकल्प तयार भएको छ।

सिंहले दिएको विकल्पको सूची पनि रमाइलो छ । उनका अनुसार कांग्रेस नेता डा. कोइरालालाई प्रधानमन्त्री बनाउन प्रचण्ड तयार भइसकेका छन् ।

कोइरालाई अघि बढाउने गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेको राजनीतिमा फर्किने कोसिसमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तयार भएको दाबी सिंहले गरेका छन् ।

तर, उनको दाबीअनुसार ‘वेटिङ प्राइममिनिस्टर’ शेरबहादुर देउवालाई ओभरटेक गरेर शेखर कसरी प्रधानमन्त्री बन्लान् ? अहिले शेखरसँग न त संसदीय दलमा बहुमत छ न केन्द्रीय कमिटीमै ।

उता एमालेको बिहीबार बसेको सचिवालय बैठकले भदौमा हुने विधान महाधिवेशनमै सहभागी हुनबाट बञ्चित गर्ने अवस्थामा रहेकी पूर्वराष्ट्रपति भण्डारीले शेखरलाई दिने साथ कस्तो होला ? न त अहिले उनीसँग एमालेभित्र पकड छ न नै सांसदहरूलाई लाइन लगाउन सक्छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर शेखरलाई प्रधानमन्त्री बनाउने निर्णय हाँस्यास्पद हुन सक्छ ।

तर उनी भन्छन्, ‘नयाँ विकल्पका लागि माधव नेपाल, उपेन्द्र यादव, पुष्पकमल दाहाल प्रचण्ड र विद्या भण्डारी एकठाउँमा आउनु हुन्छ । खुमलटार वार्तामा शेखरलाई प्रधानमन्त्री बनाउन प्रचण्ड तयार भइसक्नु भएको छ ।’

उनले कांग्रेस नेता शेखरकै भाषामा देशमा अहिले नयाँ ध्रुवीकरण चाहिएकाले त्यसका लागि प्रयास भइरहेको बताएका छन् । त्यसकै लागि अहिले कांग्रेस-एमाले गठबन्धन सरकार ढालेर कोइरालालाई प्रधानमन्त्री बनाउने गृहकार्य अघि बढाएको उनको जिकिर छ ।

‘प्रचण्ड, शेखर कोइराला, विद्या भण्डारी, माधव नेपाल र उपेन्द्र यादवलगायतको गठबन्धन बन्छ’, उनको तर्क छ, ‘उहाँहरूको सहभागिता सरकार बनाउन सबै विषयमा सकारात्मक रुपमा कुरा भइरहेको छ ।’

अमरेशले ओली नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्षसहित विकल्पको खोजीमा गम्भीर वार्ता भइरहेको बताए ।

‘सरकार पूरै फेल भइसकेको छ । बिचौलियाहरू हाबी भएका छन्’, उनले भने, ‘सरकारले अहिले बिचौलिायकाको फाइदाको लागि काम गरिरहेको छ । भूमि विधेयकलाई पनि त्यसकै लागि अघि बढाइएको छ।’

उनले सरकारका मन्त्रीहरू एकपछि अर्को घुस र भ्रष्टाचारमा मुछिएकाले विकल्प खोज्न थालिएको बताए । ‘घूस प्रकरणमा मुछिएर सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्’, उनले भने, ‘भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि पनि घुसको आरोप लागेको छ। तर पनि उनलाई प्रधानमन्त्री नै जोगाउन लागेकाले विकल्प खोज्न थालिएको हो ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ३६ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत