भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान « Khabarhub

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका छन् ।  

पछिल्लो एक बर्षको आफ्नो कार्यकालमा भएको कामकारबाहीका विषयमा जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले एक वर्षको अवधिमा ९३० कि.मि. कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ कि.मि. कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका हुन् ।

मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरूको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको उनले बताए । उनले आयोजनाहरू शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको जानकारी दिए ।

सवारी चालक अनुमति पत्र छपाई प्रदेश स्तरबाटै सुरुवात गर्न विषयगत समितिको बैठकबाट निर्णय भइसकेको भन्दै अव लामो समय सम्म अनुमति पत्र नपाइने समस्याको अन्त्य हुने दाबी गरे  । 

यसैगरी छपाई गरी वितरण गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग समझदारी भइसकेको उनले जानकारी दिए । 

समुद्रमा नेपाली झन्डावाहक पानी जहाज सञ्चालन गर्ने नेपालीको सपना पनि अब साकार हुने दिशा तर्फ अघि बढेको भन्दै उनले यसका लागि पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधीसभामा पेश भएको जिकिर गरे ।

त्यस्तै मन्त्री दाहालले बाढीका कारण क्षतिग्रस्त रसुवाका सडक सञ्चालनका लागि ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए । नागढुंगा सुरुङमार्ग अन्तर्गत टनेल संरचनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई अन्य प्रक्रिया जारी रहेकाले आगामी कार्तिकबाट सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।  

त्यस्तै मन्त्री दाहालले रेलमार्ग विस्तारकालागि बर्दिबास क्षेत्रमा देखिएको मुआब्जा तथा क्षतिपूर्तिको समस्या समाधानका लागि काम अघि बढाइएको धारणा राखे । बर्दिबास–चोचा रेलमार्ग खण्डमा ३ वटा रेलपुल निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ४९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित