पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड  « Khabarhub

पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई पार्टीमा भित्र्याएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नेपाली कांग्रेस र नेकपा एमालेनिकट रहेका कलाकार, साहित्यकार र राजनीतिकर्मीलाई पार्टी प्रवेश गराएका छन् । 

चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर बीसी, भीमबहादुर मगर, चन्दु गोर्खालीलगायतलाई माओवादीमा भित्र्याइएको प्रचण्डको सचिवालयले जनाएको छ । 

‘म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ । आन्दोलनका उतारचढावहरू देखेँ,’ कार्यक्रममा नवप्रवेशी गोर्खालीले भने, ‘तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ । त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरूले त्यस विरुद्ध गतिविधि गर्ने गरेको बताए । 

‘केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन् । तर हामीले तीन पटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौँ,’ उनले भने, ‘हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : २७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो