आयकर पाँच प्रतिशत मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ? « Khabarhub

गत वर्षमा सरकारको राजस्व आम्दानी

आयकर पाँच प्रतिशत मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले राजस्व आम्दानी बढाउँदा प्रत्यक्ष कर भन्दा अप्रतक्ष्य करको हिस्सा बढ्दै गएको देखिएको छ । साथै, प्रत्यक्ष करको हिस्सा अप्रत्यक्ष करको तुलनामा वृद्धिसमेत नभएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।

गत आर्थिक वर्ष (आव) ०८१/८२ मा सरकारले आयकर बापत दुई खर्ब ९७ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो आ.व.को तुलनामा ५.०६ प्रतिशतले बढी हो । अघिल्लो आ.व.मा सरकारले दुई खर्ब ८३ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आयकरअन्तर्गत पनि सरकारले गत आ.व.मा आयकर शीर्षकमा दुई खर्ब ६७ अर्ब ६० करोड १५ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो जुन अघिल्लो आ.व.को तुलनामा ८.५० प्रतिशतले धेरै हो ।

त्यस्तै, आयकर शीर्षकअन्तर्गत नै ब्याजकर मार्फत् सरकारले गत आ.व.मा ३० अर्ब २१ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन आम्दानी अघिल्लो आ.व.को तुलनामा १७.९९ प्रतिशतले धेरै हो ।

तर, सरकारले गत आर्थिक वर्षमा अप्रत्यक्ष रूपमा लाग्ने भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि करको शीर्षकमा गर्ने आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि गरेको छ ।

गत आर्थिक वर्षमा सरकारले भन्सार विभागमार्फत् चार खर्ब ७२ अर्ब ४१ करोड १० लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १२.८८ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा सरकारले भन्सार विभागमार्फत् चार खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।

सरकारले भन्सार विभागमार्फत् भन्सार महशुल, पैठारी, निकासी, पूर्वाधार कर, भन्सारको अन्य आय, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार दस्तुर र सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा राजस्व सङ्कलन गर्ने गर्छ ।

सरकारले अप्रत्यक्ष आम्दानीअन्तर्गत नै मूल्य अभिवृद्धि कर आम्दानी गत आवमा १०.१४ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा सरकारले यस्तो आम्दानी तीन खर्ब ४१ अर्ब ९३ करोड २५ लाख रुपैयाँ आम्दानी गर्‍यो ।

साथै, गत आवमा सरकारले अन्तःशुल्कमार्फत् हुने आम्दानी पनि १९.६९ प्रतिशतले वृद्धि गरेको छ । गत आ.व.मा सरकारले अन्तःशुल्कमार्फत् एक खर्ब ७५ अर्ब १६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो आ.व.मा सरकारले यस्तो आम्दानी एक खर्ब ४६ अर्ब ३५ करोड २२ लाख रुपैयाँ गरेको थियो ।

प्रतिशतका हिसाबले निकासी कर आय सबैभन्दा धेरै

सरकारले गत आ.व.मा प्रतिशतका हिसाबले निकासीबाट हुने राजस्व आम्दानी सबैभन्दा धेरै गर्न सफल भएको देखिएको छ । गत आ.व.मा सरकारले निकासीबाट ८३ करोड १० रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

जुन अघिल्लो आवको तुलनामा १८४.९२ प्रतिशतले धेरै हो । अघिल्लो आ.व.मा सरकारले निकासीमार्फत् २९ करोड १७ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।

गत आव ०८१/८२ मा सरकारले १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख राजस्व आम्दानी गर्ने लक्ष्य राखेको थियो तर, ११ खर्ब ७८ अर्ब ८२ करोड मात्रै आम्दानी भयो । जुन आम्दानी अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा भने ११.३३ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ०४ बजे

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासी बस्ती नागरिकहरू

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को

गरिबमाथि राज्य किन यति निर्मम ?

शनिबार कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो भाइरल भयो

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले