बजेट अधिवेशनबाट सात विधेयक पारित, बाँकी विधेयकको अवस्था के छ ? | Khabarhub Khabarhub

बजेट अधिवेशनबाट सात विधेयक पारित, बाँकी विधेयकको अवस्था के छ ?


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को चालु बजेट अधिवेशनमा विभिन्न सातवटा विधेयकहरू पारित भएका छन् ।

गत वैशाख १२ गतेदेखि सुरु भएको बजेट अधिवेशनले विभिन्न मितिमा लामो समयदेखि अड्किएर बसेका चार र चालु अधिवेशनकै क्रममा संसद्मा दर्ता भएका तीन गरी सातवटा विधेयक पारित गरेको हो ।

पारित भएका सात विधेयकमध्ये पाँचवटा विधेयकहरू राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन् भने दुईवटा विधेयक प्रमाणीकरण हुन बाँकी छन् ।

संघीय संसद्का दुवै सदनबाट पारित भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण हुन बाँकी रहेका विधेयकहरू हुन् ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन (०७९ फागुन १२) मा दर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ गत असार २५ गते पारित भएको हो ।

यस्तै प्रतिनिधिसभाको दोस्रो अधिवेशन (०८० वैशाख २६) मा दर्ता भएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० गत असार २९ गते पारित भएको थियो ।

प्रतिनिधिसभाको विधेयक शाखाले तल्लो र माथिल्लो सदनबाट पारित भइसकेका दुवै विधेयकहरू अहिले प्रतिनिधिसभामा रहेका जनाएको छ । शाखाका अनुसार बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८०, विनियोजन विधेयक, २०८०, राष्ट्र ऋण उठाउने विधेयक, २०८० र आर्थिक विधेयक, २०८० प्रमाणीकरण भइसकेका छन् ।

जसमध्ये बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० गत वैशाख २४ र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० गत असार ४ गते शीतलनिवासले प्रमाणीकरण गरेको थियो । अन्य तीनवटा विधेयकहरू भने गत असार ३० गते प्रमाणीकरण भएका थिए ।

बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाको दोस्रो र २०८० गत वैशाख २४ र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० पाँचौं अधिवेशनमा दर्ता भएका विधेयकहरू हुन् । अन्य तीनवटा विधेयकहरू भने प्रतिनिधिसभाको छैंठौं अधिवेशन अर्थात् गत जेठ १५ गते दर्ता भएका थिए ।

चालु अधिवेशन माथिल्लो सदन अर्थात् राष्ट्रियसभाको १८ औँ अधिवेशन हो । यतिबेला राष्ट्रियसभामा विभिन्न पाँचवटा विधेयकहरू कारबाही प्रक्रियामा रहेका विधेयक शाखाले जानकारी दिएको छ ।

शाखाका अनुसार अहिले राष्ट्रियसभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सञ्जाल विधेयक–२०८१, पर्यटन विधेयक–२०८१, चलचित्र विधेयक–२०८१ र अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक–२०८१ कारबाही प्रक्रियामा छन् ।

यस्तै, जलस्रोत विधेयक, २०८१, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रतिनिधिसभाले सन्देशसहित राष्ट्रियसभामा पठाएको छ । प्रतिनिधिसभाको विधेयक शाखाले भन्सार विधेयक, २०८० राष्ट्रियसभाको सन्देशप्राप्त विधेयकका रूपमा राखेको छ ।

प्रतिनिधिसभाको छैंठौँ अधिवेशनमा चारवटा विधेयकहरू छलफलका लागि सदनमा प्रस्तुत भएका छन् । छैठौँ अधिवेशनमा छलफलका लागि सदनमा प्रस्तुत भएका विधेयकहरूमा राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२, औद्योगिक सम्पत्ति विधेयक, २०८२ र सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ रहेका छन् ।

जारी छौंठौँ अधिवेशनमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० र वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । भूमिसम्बन्धी विधेयकमाथि गत जेठ ६ गते र वैकल्पिक विकास वित्तसम्बन्धी विधेयकमाथि गत असार ३१ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको विधेयक शाखाको तथ्यांकले देखाएको छ ।

शाखाले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न संसदीय समितिहरूमा १४ वटा विधेयक विचाराधीन अवस्थामा रहेका जनाएको छ ।

समितिमा विचाराधीन विधेयकहरू :

१) विद्युत विधेयक, २०८०
२) विद्यालय शिक्षा विधेयक, २०८०
३) निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०
४) बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०
५) धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१
६) अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६
७) नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१
८) मिडिया काउन्सिल विधेयक, २०८०
९) सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१
१०) निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
११) नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१
१२) नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक, २०८१
१३) नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१
१४) नेपाल नागरिक उड्ड्यन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ०८ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत