समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू « Khabarhub

समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक समीर भट्टलाई एकल प्रस्तुत गरी ‘बलिदान’ निर्माण पक्षले ‘बिग साइज’ पोस्टर सार्वजनिक गरेको छ ।

निर्देशक सन्तोष सेनका अनुसार ६० फिट लम्बाई र १६ फिट चौडाइको पोस्टर सार्वजनिक गरिएको हो ।

काठमाडौंको गोंगबुस्थित एक व्यपारिक भवनमा उक्त पोस्टर टाँगिएको छ । समीरमा पृष्ठभूमिमा कालो बादल, आगोको ज्वाला र अन्धकार दृश्यहरुले उनी लडाइँ मैदानमा रहेको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा समीर आक्रोशित मुद्रामा छन् । उनले एक व्यक्तिलाई त्रिशुलले उनेका छन् ।

यो पोस्टर सार्वजनिकसँगै फिल्मको प्रचार अभियान सुरू भएको निर्देशक सेनले बताए । ‘बलिदान’ले नेपालीले फिल्ममा सिनेम्याट्रिक क्रान्तिको सुरुवात हुने उनको दाबी छ ।

सेन थप्छन्, ‘सम्पादनपछि हेर्दा यो बलिदान फिल्म मात्रै होइन । यो क्रान्ति हो । हरेक दृश्यमा सुक्ष्म कुरालाई ध्यान दिइएको छ । हरेक फ्रेममा जीवन छ । यो फिल्मले नेपाली फिल्मप्रतिको दृष्किोणलाई परिवर्तन गर्नेछ ।’

‘बलिदान’ असोज १३ गते फूलपातीबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मले हलमा फिल्महरु ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’सँग प्रतिस्पर्धा गर्दैछ ।

बलिदानको शीर्ष नायक समीर हुन् । नायक सौगात मल्ल पनि मुख्य भूमिकामा रहेका छन् । केही समयअघि उनी फिचर्ड पोस्टर सार्वजनिक भएको थियो ।

आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहने यस फिल्ममा कविता राय, अर्पण थापा, ऋचा शर्मा, प्रेम पुरीलगायत अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको