समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू « Khabarhub

समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक समीर भट्टलाई एकल प्रस्तुत गरी ‘बलिदान’ निर्माण पक्षले ‘बिग साइज’ पोस्टर सार्वजनिक गरेको छ ।

निर्देशक सन्तोष सेनका अनुसार ६० फिट लम्बाई र १६ फिट चौडाइको पोस्टर सार्वजनिक गरिएको हो ।

काठमाडौंको गोंगबुस्थित एक व्यपारिक भवनमा उक्त पोस्टर टाँगिएको छ । समीरमा पृष्ठभूमिमा कालो बादल, आगोको ज्वाला र अन्धकार दृश्यहरुले उनी लडाइँ मैदानमा रहेको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा समीर आक्रोशित मुद्रामा छन् । उनले एक व्यक्तिलाई त्रिशुलले उनेका छन् ।

यो पोस्टर सार्वजनिकसँगै फिल्मको प्रचार अभियान सुरू भएको निर्देशक सेनले बताए । ‘बलिदान’ले नेपालीले फिल्ममा सिनेम्याट्रिक क्रान्तिको सुरुवात हुने उनको दाबी छ ।

सेन थप्छन्, ‘सम्पादनपछि हेर्दा यो बलिदान फिल्म मात्रै होइन । यो क्रान्ति हो । हरेक दृश्यमा सुक्ष्म कुरालाई ध्यान दिइएको छ । हरेक फ्रेममा जीवन छ । यो फिल्मले नेपाली फिल्मप्रतिको दृष्किोणलाई परिवर्तन गर्नेछ ।’

‘बलिदान’ असोज १३ गते फूलपातीबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मले हलमा फिल्महरु ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’सँग प्रतिस्पर्धा गर्दैछ ।

बलिदानको शीर्ष नायक समीर हुन् । नायक सौगात मल्ल पनि मुख्य भूमिकामा रहेका छन् । केही समयअघि उनी फिचर्ड पोस्टर सार्वजनिक भएको थियो ।

आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहने यस फिल्ममा कविता राय, अर्पण थापा, ऋचा शर्मा, प्रेम पुरीलगायत अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : १० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००