मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री शाह « Khabarhub

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री शाह


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्  ।

मुक्तकमैया महिला विकास मञ्चले आज धनगढीमा आयोजना गरेको २५औँ कमैया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘मुक्तिको घोषणा भए पनि मुक्तकमैयाका थुप्रै समस्या छन् । यसको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी छ ।’

प्रदेश सरकारले बनाएको मुक्तकमैया, हलिया र कम्लरी पुनः स्थापना कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।

उनले कार्यविधि कार्यान्वयनको पाटो निरन्तर अगाडि बढेको उल्लेख गर्दै कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मुक्तकमैया, हलिया र कम्लरीको शिक्षा, स्वास्थ्य, रोजगारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । थारू, रानाथारू समुदायका विभिन्न संस्कृति, संस्कार, रीतिरिवाज जगेर्ना गर्न प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो ।

तत्कालीन सरकारले २०५७ साउन २ गते बँधुवा मजदुरका रूपमा जमिनदारको घरमा काम गर्दै आएका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो ।

कमैयामुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्तकमैयाको पुनः स्थापना हुन सकेको छैन । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी अझै दुई हजार ३७५ मुक्तकमैयाको पुनः स्थापना हुन नसकेको मुक्तकमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २५ हजार १९५ मुक्तकमैयाको मात्रै पुनः स्थापना भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ०१ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो