एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा « Khabarhub

एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवाहको छ महिनामै चर्चित गायिका एलिना चौहानसँग सम्बन्धविच्छेद गरेका उनका पूर्वपति विष्णु सापकोटाले लामो मौनतापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।

हाल अष्ट्रेलियामा बस्दै आएका सापकोटाले सामाजिक सञ्जालमार्फत लामो पोस्ट लेख्दै पछिल्लो समय आफूलाई लिएर भइरहेको टिप्पणी र चर्चा प्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

‘बोल्नै पर्ने अवस्था आयो’

सामाजिक सञ्जालमा ‘टिकटक’ लगायत विभिन्न माध्यमबाट आफ्नो व्यक्तिगत जीवनबारे अनेकन् टीका–टिप्पणी र आरोप आइरहेपछि आफूले मौनता तोड्नुपरेको सापकोटाले बताएका छन्।

उनले लेखेका छन्, ‘केही समयदेखि मेरो व्यक्तिगत जीवनसँग जोडिएका अनावश्यक टिप्पणी र भिडियोहरूले ध्यान तानेपछि केही कुरा स्पष्ट पार्न बाध्य भएँ।’

‘मौनता कमजोरी होइन’

सापकोटाले एलिना चौहानसँगको सम्बन्धविच्छेद आपसी समझदारीमा भएको उल्लेख गर्दै शुरुदेखि नै व्यक्तिगत कुरा सार्वजनिक नगर्ने सहमति भएको स्मरण गरे।

उनले लेखेका छन्,‘मौन बसेको छु भन्ने कमजोरी होइन, न त मलाई बोल्ने ठाउँ छैन। सम्बन्ध टुंगिएपछि बदला लिने वा नकारात्मक ऊर्जा खर्च गर्ने मेरो स्वभाव होइन।’

पुराना कुराहरूले अझै पनि असर पारिरहेको बताउँदै उनले आफू ‘सेल्फ-हिलिङ’को प्रक्रियामा रहेको उल्लेख गरेका छन् ।

‘बल्ल बल्ल म यो अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ। तर अझै पनि केही व्यक्तिहरूले पुराना कुराहरू ल्याएर मेरो व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा नकारात्मक असर पार्न थालेका छन्’, उनले भनेका छन् ।

उनले आफ्नो मानहानी भएको बताउँदै मानसिक पीडामा रहेको पनि खुलाएका छन् । सापकोटाले पछिल्लो समय विभिन्न माध्यमबाट धम्कीपूर्ण सन्देश, कठोर टिप्पणी र चरित्र हत्या गर्न खोजिएको गम्भीर आरोप पनि लगाएका छन् ।

‘म गम्भीर मानसिक तनावमा छु। यस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक हो, न मानवीय, न कानुनी’, उनले भनेका छन् ।

कानुनी प्रक्रिया सुरू

सापकोटाले अष्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी प्रक्रिया अघि बढाइसकेको उल्लेख गरेका छन् । ‘व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म-सम्मानको संरक्षणका लागि अष्ट्रेलियामा मानहानी र व्यावसायिक क्षतिको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेको छु’, उनले भनेका छन् ।

पोस्टको अन्त्यमा सापकोटाले आफ्ना शुभचिन्तकप्रति आभार प्रकट गर्दै सबैलाई संयमित र मर्यादित व्यवहार गर्न आग्रह गरेका छन्।‘कृपया कसैप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस्। हामी सबैको आफ्नै पीडा हुन्छ,’ उनले लेखेका छन्।

गायिका एलिना चौहान र विष्णु सापकोटाको विवाह २०८० सालको सुरुवाततिर भएको थियो। तर, केही महिनामै उनीहरू अलग भएका थिए।

सम्बन्धविच्छेदपछि एलिना सार्वजनिक रूपमा सक्रिय रहेकी छन् भने विष्णु लामो समय मौन बसेका थिए। एलिनाले विवाह र त्यसअघि विष्णुबाट हिंसा भएको कुरा अहिले बोल्न थालेपछि मौनता तोडिएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : २६ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले