एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा | Khabarhub Khabarhub

एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवाहको छ महिनामै चर्चित गायिका एलिना चौहानसँग सम्बन्धविच्छेद गरेका उनका पूर्वपति विष्णु सापकोटाले लामो मौनतापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।

हाल अष्ट्रेलियामा बस्दै आएका सापकोटाले सामाजिक सञ्जालमार्फत लामो पोस्ट लेख्दै पछिल्लो समय आफूलाई लिएर भइरहेको टिप्पणी र चर्चा प्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

‘बोल्नै पर्ने अवस्था आयो’

सामाजिक सञ्जालमा ‘टिकटक’ लगायत विभिन्न माध्यमबाट आफ्नो व्यक्तिगत जीवनबारे अनेकन् टीका–टिप्पणी र आरोप आइरहेपछि आफूले मौनता तोड्नुपरेको सापकोटाले बताएका छन्।

उनले लेखेका छन्, ‘केही समयदेखि मेरो व्यक्तिगत जीवनसँग जोडिएका अनावश्यक टिप्पणी र भिडियोहरूले ध्यान तानेपछि केही कुरा स्पष्ट पार्न बाध्य भएँ।’

‘मौनता कमजोरी होइन’

सापकोटाले एलिना चौहानसँगको सम्बन्धविच्छेद आपसी समझदारीमा भएको उल्लेख गर्दै शुरुदेखि नै व्यक्तिगत कुरा सार्वजनिक नगर्ने सहमति भएको स्मरण गरे।

उनले लेखेका छन्,‘मौन बसेको छु भन्ने कमजोरी होइन, न त मलाई बोल्ने ठाउँ छैन। सम्बन्ध टुंगिएपछि बदला लिने वा नकारात्मक ऊर्जा खर्च गर्ने मेरो स्वभाव होइन।’

पुराना कुराहरूले अझै पनि असर पारिरहेको बताउँदै उनले आफू ‘सेल्फ-हिलिङ’को प्रक्रियामा रहेको उल्लेख गरेका छन् ।

‘बल्ल बल्ल म यो अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ। तर अझै पनि केही व्यक्तिहरूले पुराना कुराहरू ल्याएर मेरो व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा नकारात्मक असर पार्न थालेका छन्’, उनले भनेका छन् ।

उनले आफ्नो मानहानी भएको बताउँदै मानसिक पीडामा रहेको पनि खुलाएका छन् । सापकोटाले पछिल्लो समय विभिन्न माध्यमबाट धम्कीपूर्ण सन्देश, कठोर टिप्पणी र चरित्र हत्या गर्न खोजिएको गम्भीर आरोप पनि लगाएका छन् ।

‘म गम्भीर मानसिक तनावमा छु। यस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक हो, न मानवीय, न कानुनी’, उनले भनेका छन् ।

कानुनी प्रक्रिया सुरू

सापकोटाले अष्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी प्रक्रिया अघि बढाइसकेको उल्लेख गरेका छन् । ‘व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म-सम्मानको संरक्षणका लागि अष्ट्रेलियामा मानहानी र व्यावसायिक क्षतिको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेको छु’, उनले भनेका छन् ।

पोस्टको अन्त्यमा सापकोटाले आफ्ना शुभचिन्तकप्रति आभार प्रकट गर्दै सबैलाई संयमित र मर्यादित व्यवहार गर्न आग्रह गरेका छन्।‘कृपया कसैप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस्। हामी सबैको आफ्नै पीडा हुन्छ,’ उनले लेखेका छन्।

गायिका एलिना चौहान र विष्णु सापकोटाको विवाह २०८० सालको सुरुवाततिर भएको थियो। तर, केही महिनामै उनीहरू अलग भएका थिए।

सम्बन्धविच्छेदपछि एलिना सार्वजनिक रूपमा सक्रिय रहेकी छन् भने विष्णु लामो समय मौन बसेका थिए। एलिनाले विवाह र त्यसअघि विष्णुबाट हिंसा भएको कुरा अहिले बोल्न थालेपछि मौनता तोडिएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : २६ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले