कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ : पूर्णबहादुर खड्का  | Khabarhub Khabarhub

कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ : पूर्णबहादुर खड्का 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । 

गृह जिल्ला सुर्खेतमा भूमि समस्या समाधान आयोगले शुक्रबार आयोजना गरेको जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा उनले वर्तमान गठबन्धन ०८४ को निर्वाचनसम्म जाने बताएका हुन् । 

‘प्रमुख दुई दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ,’ उपसभापति खड्काले भने, ‘केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ । यही गठबन्धनले ०८४ को निर्वाचन गराउँछ ।’

उनले राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका हामीहरूले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ खड्काले भने, ‘कतै हाम्रो बोली व्यवहारका कारणले मतदातामा असन्तुष्टि बढेको हो कि भन्ने पनि ख्याल गरौँ ।’

उपसभापति खड्काले जिम्मेवारीमा रहेकाहरू सच्चिए नागरिकहरू प्रष्ट हुने र सबै क्षेत्रमा सुधार आउने बताए । ‘अहिलेको चुनौती राजनीतिक दलहरुका लागि यही हो,’ उनले भने, ‘जिम्मेवारीमा रहेकाहरू लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामूहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’

कार्यक्रममा खड्काले आफ्नो निर्वाचन क्षेत्रअन्तगर्त पर्ने लेकबेशी र भेरीगंगा नगरपालिकाका दुई सय ४७ जनालाई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्ने गरी छलफल चलिरहेको बताए । 

उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए । उपसभापति खड्काले जनतामा निराशा भन्दा पनि जिम्मेवारीमा रहेकाहरूसँग असन्तुष्टि रहेको बताए । 

उनले मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेको बताए । खड्काले आफू उपप्रधानमन्त्री हुँदा दुई सय प्रतिशत रहेको राजश्वलाई घटाएर १० प्रतिशतमा झारेको बताए । 

‘अहिले पनि मतदाताहरूमा राजश्व धेरै भयो भन्ने गुनासो छ,’ उनले भने, ‘जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा हामीले मतदातालाई बुझाउन सकेका छैनौँ ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ३८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले