माधव नेपालले भने- एमाले हामीलाई सक्ने योजनामा लागेको छ, एकताको भ्रममा नपर्नू « Khabarhub

माधव नेपालले भने- एमाले हामीलाई सक्ने योजनामा लागेको छ, एकताको भ्रममा नपर्नू


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानसँग एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुने भ्रममा नपर्न नेता-कार्यकतालाई आग्रह गरे ।

‘सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले एमालेसँग एकताको सम्भावना छैन । अहिले यो बिन्दुमा उभिएर भन्दा एमालेसँग एकता हुँदैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ । त्यसप्रति लसपस कसैको भए, आशा, अपेक्षा ज्यादा भए मैले भन्नु केही छैन’ नेपालले भने ।

उनले एमालेका नेताहरू एकीकृत समाजवादीलाई कसरी सिध्याउन सकिन्छ भनेर लागेको बताए । त्यसका लागि कुन–कुन तरिका अवलम्बन गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको दाबी नेपालले गरे ।

‘यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ’, उनले भने, ‘यो पार्टीलाई कसरी सिद्ध्याउने, यो पार्टीलाई कसरी समाप्त पार्ने, त्यसका लागि कुन–कुन तरिका अवलम्बन गर्ने, कहाँ प्रहार केन्द्रित गर्ने ? यी सबै कुरा भनिरहेको, गरिरहेको हामीले बुझिरहेका छौँ । त्यसो हुनाले एकताको भ्रममा पर्ने काम नगर्नुस् ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ३३ बजे

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध