माधव नेपालले भने- एमाले हामीलाई सक्ने योजनामा लागेको छ, एकताको भ्रममा नपर्नू « Khabarhub

माधव नेपालले भने- एमाले हामीलाई सक्ने योजनामा लागेको छ, एकताको भ्रममा नपर्नू


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानसँग एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुने भ्रममा नपर्न नेता-कार्यकतालाई आग्रह गरे ।

‘सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले एमालेसँग एकताको सम्भावना छैन । अहिले यो बिन्दुमा उभिएर भन्दा एमालेसँग एकता हुँदैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ । त्यसप्रति लसपस कसैको भए, आशा, अपेक्षा ज्यादा भए मैले भन्नु केही छैन’ नेपालले भने ।

उनले एमालेका नेताहरू एकीकृत समाजवादीलाई कसरी सिध्याउन सकिन्छ भनेर लागेको बताए । त्यसका लागि कुन–कुन तरिका अवलम्बन गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको दाबी नेपालले गरे ।

‘यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ’, उनले भने, ‘यो पार्टीलाई कसरी सिद्ध्याउने, यो पार्टीलाई कसरी समाप्त पार्ने, त्यसका लागि कुन–कुन तरिका अवलम्बन गर्ने, कहाँ प्रहार केन्द्रित गर्ने ? यी सबै कुरा भनिरहेको, गरिरहेको हामीले बुझिरहेका छौँ । त्यसो हुनाले एकताको भ्रममा पर्ने काम नगर्नुस् ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ३३ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने