गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा « Khabarhub

गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको इजरायली बम विस्फोटको कडा निन्दा गर्दै यसलाई सर्वसाधारणको नसंहारको रूपमा वर्णन गरेका छन् ।  

नियमित पत्रकार सम्मेलनका क्रममा राष्ट्रसङ्घका प्रवक्ताले भने, ‘गुटेर्रेसले पूजा स्थलहरूलाई लक्षित गरी गरेको आक्रमण अस्वीकार्य भएको कुरामा जोड दिँदै आश्रय खोज्ने नागरिकलाई सम्मान र सुरक्षा गर्न र सैन्य सक्तीको दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ ।’ 

महासचिवले तत्काल युद्धविराम र सबै बन्धकहरूको बिना सर्त तत्काल रिहाइको आवश्यकतामा जोड दिँदै सबै पक्षलाई नागरिकहरूको रक्षा गर्ने आफ्नो दायित्वको पूर्ण पालना गर्न र पट्टीमा मानवीय सहायताको पहुँच दिन आह्वान गरेका छन् । 
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ५१ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले