संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री « Khabarhub

संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका छन् ।  

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री लेखकले एक बर्ष अघिको तुलनामा अहिले शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका हुन् । उनले संघीय व्यवस्थालाई समाप्त गर्ने अवस्था नरहेको र संविधानको सुरक्षाका लागि काम गरिरहेको धारणा राखे ।

अपराध न्यूनीकरण गर्न सुरक्षा निकायहरूले गम्भीरतापूर्वक काम गरिरहेको उनले बताए। त्यस्तै गृहमन्त्री लेखकले अपराधका पुराना घटनालाई समेत अहिले प्रहरीले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याएको उल्लेख गरे । 

आर्थिक अपराधहरू समेत प्रहरीले अनुसन्धान गर्नुपर्ने विषय बनेकाले केन्द्रीय अनुसन्धान ब्युरोभित्र छुट्टै निकाय गठन गरिएको उनले बताए ।

उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई पर्याप्त स्रोत साधन उपलब्ध गराएर व्यवसायीक बनाउन सरकार गम्भीर रहेको जिकिर गरे ।  

बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापाले हतियार खरिदका लागि पुरानो ठेक्का व्यक्ताएको कुरामा सत्यता नरहेको बताए । हतियार खरिद गर्ने विषय निर्देशनका आधारमा नभई कानुनका आधारमा गर्ने विषय भएको उनको भनाइ छ । 

उनले भवन निर्माणका लागि पाँच सय करोड बजेट आएको जानकारी दिए । थापाले मुलुकमा अपराध न्यूनीकरण गर्दै शान्ति सुरक्षा कायम गर्न संगठनलाई केन्द्रित गरेको जिकिर गरे ।

त्यस्तै सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि २ सय ६० वटा बोर्डर आउट पोस्ट (विओपी) स्थापना भएको जानकारी गराए। सीमा क्षेत्रमा हुने गरेको चोरी डकैती, लुटपाट, लागूऔषध नियन्त्रणमा कडाइका साथ नियन्त्रण गरिने उनले बताए । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ५९ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा