स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा « Khabarhub

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि नगरप्रमुखहरूले प्रशंसा गरेका छन् ।

नेपाल नेत्रज्योती सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले शुक्रबार सौराहामा आयोजना गरेको वार्षिक समीक्षा एवं कार्य योजना तर्जुमा कार्यक्रममा सहभागीहरूले सेवालाई अझै विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् । 

सङ्घले चितवनसहित आठ जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सर्लाहीको कविलाशी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले गाउँमा उपचार सेवा पुगेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा प्रभावकारी सेवा विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख हिमलाल अधिकारीले ग्रामीण क्षेत्रका नागरिकले आँखासम्बन्धी सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता केन्द्रको सेवामार्फत अन्त्य भएको बताए । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गाउँगाउँमा सेवा विस्तार गरेर आम नागरिकलाई सहजता भएको बताए। 

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपसभापति ऋषिराम पौडेलले पालिकाहरूको सहकार्य र समन्वयमा आँखा उपचार केन्द्र र अस्पतालहरू विस्तार गर्दै लैजानुपर्ने प्रतिबद्धता जनाए । सङ्घ चितवनका कार्यवाहक सभापति तेजेन्द्र खड्का र मेडिकल डाइरेक्टर डा पुष्पा गिरिले गत वर्षका कार्यक्रम र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनीहरूले पालिकाहरू र आँखा अस्पताल सहकार्य गरेर नागरिकलाई सहज रूपमा आँखा उपचार गर्दै आएको बताए । 

सो अवसरमा नेपाल नेत्रज्योती सङ्घ नवलपरासीका सभापति होमनाथ जैसी, रत्ननगर आँखा उपचार केन्द्रका संयोजक प्रताप डल्लाकोटी, भरतपुर आँखा अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायत वक्ताले धारणा राखेका थिए । 

अस्पतालको भरतपुरमा सबै खाले उपचार हुने आँखाको टर्सरी अस्पताल छ भने भरतपुर हाइटमा सिटि क्लिनिक सञ्चालित छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सहितको सेवासहितको अस्पताल छ भने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

विसं २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको आँखा अस्पतालले सेवा विस्तार गर्दै आठ जिल्लामा पुर्‍याएको हो । चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ । रासस
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : २६ बजे

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौं– झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग

बर्डफ्लु प्रभावित किसानलाई राहत उपलब्ध गराइने

काठमाडौँ– पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि