उपप्रमुख डंगोलले भनिन् : विश्वास गर्ने, सपना देख्ने र आशावादी मात्रै सफल हुन्छन् « Khabarhub

उपप्रमुख डंगोलले भनिन् : विश्वास गर्ने, सपना देख्ने र आशावादी मात्रै सफल हुन्छन्


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे सफल हुने बताएकी छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेशन’ ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोलाई ‘वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५’ मा छनोट भएको भन्दै युवा सशक्तिकरण पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मानपछि संक्षिप्त मन्तव्य राख्दै डंगोलले सपना देख्ने मान्छेहरू मात्रै सफल हुने भन्दै सपनाको शक्तिमा विश्वास गर्न आग्रह गरिन् ।

‘जुन युवाले सपनामा विश्वास गर्छ त्यो युवाले समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ,’ उनले भनिन्, ‘विश्वास गर्ने मात्र होइन, काम गरेर देखाउने र आफ्नो प्रतिबद्धता अनुसार काम गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन ।’

उनले उमेरले प्रभावलाई परिभाषित नगर्ने पनि तथ्य प्रस्तुत गरिन् । ‘प्रभावलाई परिभाषित गर्ने कुरा उद्देश्य हो । त्यसैले तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट प्रभाव सिर्जना गर्न सक्नुहुन्छ । तर, त्यसका लागि समाज, समुदाय, राष्ट्र र मानवताको सेवा गर्ने स्पष्ट उद्देश्य हुनुपर्छ ।’

उनले हलभरी खचाखच युवाप्रति लक्षित गर्दै भनिन्, ‘तपाईंहरूले सफलता प्राप्त गर्नुहुनेछ र त्यो सफलता तपाईंको व्यक्तिगत वृद्धिको सफलतामा मात्र सीमित हुनेछैन । त्यो समाज र राष्ट्रको सफलता पनि हुनेछ, र मानवताको नाममा पनि एउटा सफलता हुनेछ ।’

उनले ७० औं नेपाल–चीन मित्रताको अवसरमा शुभकामना व्यक्त गर्दै यो मित्रता सरकार–सरकार बीच मात्र नभई जनता–जनता बीच पनि एउटा राम्रो सम्बन्धको ढोका खोल्ने अवसर भएको उल्लेख गरिन् ।

‘यो कार्यक्रम र ७० जना चिनियाँ विद्यार्थीहरू यहि कार्यक्रममा नेपाल आउनु आफैंमा नेपाल र चीन बीच जनस्तरमा राम्रो सम्बन्ध स्थापित गर्ने एउटा उदाहरण हो,’ उनले भनिन्, ‘ म आशावादी छु । यो कार्यक्रम सुरुवात मात्र हो । आगामी दिनहरूमा पनि यसले निरन्तर पाउने छ र अझ राम्रो हुँदै जानेछ ।’

उनले जीवनको सफलताका बारेमा मात्रै सोच्न नहुनेमा पनि जोड दिइन् । ‘जीवनमा असफल पनि आउन सक्छन् । तपाईं भुइँमा लड्न पनि सक्नुहुन्छ । त्यतिबेला तपाईं कहिल्यै आशा नहार्नुस् र सधैँ अझ बलियो, दयालु र साहसी भएर उठ्नुहोस् ।’

कार्यक्रममा डंगोलसँगै सफल व्यवसायी पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै अनुराधा शर्मालाई सम्मान गरिएको थियो ।

उनीहरूलाई प्रधानमन्त्री ओली र राष्ट्रियसभा सदस्य तथा पूर्व राजदुत डा. अन्जान शाक्यले संयुक्त रुपमा सम्मान गरे ।

७० औँ वर्षगाँठको सन्देश दिन कार्यक्रममा चिनियाँ शिक्षक र विद्यार्थी ७० जना र नेपाली शिक्षक र विद्यार्थी ७० जना गरी एक सय ४० जनाले विभिन्न प्रस्तुतिमा प्रदर्शन गरेका थिए ।

चिनियाँ राष्ट्रियगान पनि नेपाली विद्यार्थीले गाउँदा चिनियाँहरूको मुहारमा खुशी छाएको थियो । कार्यक्रममा नेपालीले चिनियाँ र चिनियाँले नेपाली प्रस्तुति प्रर्दशन गरेको संस्थाका संस्थापक अध्यक्ष विनोद ब्लोनले जानकारी दिइन् ।

‘हामीले नेपाल–चीनबीचको सम्वन्ध अझ प्रगाढ बनाउने दुवै देशका शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेका हौँ,’ उनले भनिन्, ‘हामीले यो पटक ७० जना चिनियाँ शिक्षक र विद्यार्थीलाई यो हाम्रो देशको प्रधानमन्त्रीज्युको अघि राखेर कार्यक्रममा सहभागी गराएका छौँ । आगामी दिनमा हामीले हाम्रा नेपाली शिक्षक र विद्यार्थीलाई चिनियाँ राष्ट्रपतिको अघि राखेर यस्तै कार्यक्रम गर्ने सपना देखेका छौँ ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ०४ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो