इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोक्राहा नरसिंह–३ का ३५ वर्षीय सुदिन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश१–०२–००२ख ०२४० नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश१–०२–०४३प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । 

ठक्कर दिने टिपर र चालक भोक्राहा नरसिंह गाउपालिका–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ३८ बजे

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक