विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय « Khabarhub

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किन गरिरहेको प्रयासमा फेरि एक पटक तगारो हाल्ने कोसिस गरेका छन् ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले दशौँ महाधिवेशनका प्रतिनिधि नभएका नेता-कार्यकर्ताले भदौमा हुने दोस्रो विधान महाधिवेशनमा भाग लिन नपाउने प्रस्ताव अघि बढाएका ओलीले शुक्रबार पोलिटब्युरो बैठकमा यस्तो बताएका हुन् ।

बिहीबार उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेको विधान संशोधन प्रस्तावमा दशौँ महाधिवेशनमा प्रतिनिधि नभएकाहरूलाई विधान महाधिवेशनमा निषेध गरिएको छ।

यस्तोमा एमालेको दशौँ महाधिवेशनपछि मात्रै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीलाई विधान महाधिवेशनमा भाग लिन अलग्गै व्यवस्था गर्नुपर्ने भएको छ ।

यही सन्दर्भमा ओलीले देशको उच्च र सम्मानित पदमा पुगिसकेको व्यक्तिले राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय भएको बताएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

च्यासलमा शुक्रबारदेखि सुरू पोलिटब्युरो बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय भएको अध्यक्ष ओलीले बताएको कुरा गौतमले पत्रकारहरूलाई जानकारी दिएका हुन् ।

‘देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय हो’, ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘यसमा पार्टीले उचित निर्णय गर्नेछ ।’

बिहीबारको सचिवालय बैठकमा पनि राजनीतिमा फर्किन लागेकी पूर्वराष्ट्रपतिबारे ओलीले नेताहरूसँग सोधेका थिए । त्यसपछि नेताहरूले अध्यक्षले नै संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ११ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र