सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद « Khabarhub

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको सुखीपुर नगरपालिका-४ पोखरियास्थित एक घरबाट सात क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान गरिएको संयुक्त अपरेसनमा सात क्विन्टल १७ किलो तौल भएको २७ पोका गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले ६० वर्षीय मेदी यादवको घरमा जाँच गर्ने क्रममा गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारेको हो । 

सुराकी सूचनाका आधारमा गरिएको अपरेसनमा प्रारम्भमा २६ पोका गाँजा बरामद भएकामा, खोजतलासका क्रममा थप एक पोका फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार गाँजा बरामद भए पनि घरधनी यादव भने घटनास्थलबाट फरार छन् । हाल निजको खोजी कार्य जारी रहेको बताउँदै बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रियाअघि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।

उनका अनुसार प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ । 
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ३८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित