राप्रपाद्वारा पार्टीको हित विपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह « Khabarhub

राप्रपाद्वारा पार्टीको हित विपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हित विपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

शुक्रबार राप्रपाको केन्द्रीय अनुशासन समितिका अध्यक्ष एवं पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हित विपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिए ।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्न/नगराउन हुन पार्टीका सबै तहका नेता तथा  कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ’, प्रवक्ता श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ४१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित