पूर्वराष्ट्रपतिबारे ओली- कसैले उचालेका भरमा अध्यक्ष हुन खोजेर हुँदैन, सदस्यता नवीकरण भएको छैन « Khabarhub

पूर्वराष्ट्रपतिबारे ओली- कसैले उचालेका भरमा अध्यक्ष हुन खोजेर हुँदैन, सदस्यता नवीकरण भएको छैन


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

पार्टीको पोलिटब्युरो बैठकलाई शुक्रबार च्यासलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताए ।

बैठकमा सहभागी एक सदस्यका अनुसार नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरिएको पनि अध्यक्ष ओलीले बताएका छन् ।

बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने पनि बाएका छन् ।

‘पार्टीलाई ठूलो र संगठित हमला गरिएको छ’, ओलीको भनाइबारे ती सदस्यले भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्छ। नरोकिए पार्टीले रोक्छ ।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिका पढेर थाहा पाएको बताएका छन् । तर गत असार १४ गते ओली नै सहभागी मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरिसकेकाले अब सक्रिय राजनीतिमा फर्किएको घोषणाग गरेकी थिइन् ।

राजनीतिमा नफर्किने विश्वासले दुई पटक राष्ट्रपति बनाएको कुरा पनि बैठकमा बताए । ‘दोश्रो पटक उहाँलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक ब्यवस्था अनुसार फर्किनु हुन्न भनेर जिम्मेवारी दिइएको हो’, ती पोलिटब्युरो सदस्यले ओलीले बैठकमा राखेको कुराबारे भने।

ओलीले सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको पनि बताएका छन् ।

उता भण्डारीले असार १४ मै पार्टी सदस्यता नवीकरण गरेको बताइसकेकी छन् । बिहीबारको सचिवालय बैठकले पनि एमालेको दशौँ महाधिवेशनपछि मात्रै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीलाई विधान महाधिवेशनमा भाग लिन नदिने गरि प्रस्ताव अघि बढाएको छ।

तर ओलीले देशको उच्च र सम्मानित पदमा पुगिसकेको व्यक्तिले राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय भएको बताएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पुष्टि गरेका छन् ।

‘देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय हो’, ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘यसमा पार्टीले उचित निर्णय गर्नेछ ।’

बिहीबारको सचिवालय बैठकमा पनि राजनीतिमा फर्किन लागेकी पूर्वराष्ट्रपतिबारे ओलीले नेताहरूसँग सोधेका थिए । त्यसपछि नेताहरूले अध्यक्षले नै संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए

पार्टीका विधानबारे केही नेताले नानाथरी धारणा राख्दै हिँडेको आरोप पनि ओलीले लगाए । ‘पार्टी पद्धति र प्रकृयाबारे पार्टीभित्र छलफल हुन्छ’, उनले भने, ‘पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित होइन ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ४२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ