साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ « Khabarhub

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत १५ गते भएको घटनामा हाल जेल जीवन बिताइरहेका दुर्गा प्रसाईंले साइबर अपराधको मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंमा दायर भएको उक्त मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिट नै खारेज गरिदिएको हो। 

एउटा युट्यूब च्यानललाई अन्तर्वार्ता दिने क्रममा प्रसाईंले आफूमाथि चारित्रिक लाञ्छना लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले साइबर अपराधमा मुद्दा दायर गरेकी थिइन्। असार ३२ गतेको उक्त फैसलाअनुसार प्रसाईंसँगै पत्रकारहरू प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले पनि सफाइ पाएका छन्। 

साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। असोज १५ गतेको थुनछेक बहसमा अदालतले प्रसाईंलाई धरौटीमा पठाएको थियो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनाउन मुख्य योजनाकारका भएको आरोपमा प्रसाईं अहिले जेल जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : ०८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित