मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ « Khabarhub

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका एक करोड १० लाखभन्दा बढी शरणार्थी अत्यावश्यक सहयोगबाट वञ्चित हुने जोखिममा परेको संयुक्त राष्ट्रसंघले शुक्रबार चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी संस्था (यूएनएचसीआर)को नयाँ प्रतिवेदनअनुसार, अहिलेको परिस्थितिमा ‘विस्थापितको संख्या बढ्दो, सहयोगमा तीव्र गिरावट र राजनीतिक बेवास्ता’ को त्रासदीपूर्ण मिलनले विश्वभर लाखौँ शरणार्थीको जीवन संकटमा परेको छ ।

यूएनएचसीआरकी बाह्य सम्बन्ध प्रमुख डोमिनिक हाइडले पत्रकारहरूलाई भन्नुभयो,“हामी अहिले एक घातक मिश्रणको सामना गरिरहेका छौँ । विश्वभरका शरणार्थी र विस्थापित समुदायहरूको अवस्था प्रति हामी अत्यन्तै चिन्तित छौँ ।”

संयुक्त राज्यलगायत केही प्रमुख दातृ राष्ट्रहरूले सहायता घटाएपछि यूएनएचसीआरलगायत अन्य संस्थाहरू ठूलो आर्थिक अभावमा परेका छन् । यस वर्षका लागि १० अर्ब ६० करोड अमेरिकी डलर आवश्यक पर्नेमा अहिलेसम्म जम्मा २३ प्रतिशत मात्र प्राप्त भएको संस्थाले जनाएको छ ।

यस अभावका कारण एक अर्ब ४० करोड अमेरिकी डलर बराबरका कार्यक्रम रोकिएका छन् । यसको प्रत्यक्ष असर करीब एक करोड १६ लाख शरणार्थी र जबरजस्ती विस्थापित भएकाहरूमा पर्ने संस्थाले जनाएको छ ।

खाद्यान्न, औषधि र घर भाडामा खर्च गर्नुपर्ने स्थिति आउँदा धेरै परिवार गम्भीर समस्यामा परेका छन् । विशेष गरी युद्धपीडित सुडानबाट भागेका शरणार्थीको लागि चाडमा खाद्य सामग्री र पोषण सेवा कटौती हुँदा बालबालिकामा कुपोषणको समस्या भयावह भएको छ ।

त्यस्तै, चाड र दक्षिण सुडानको सीमावर्ती क्षेत्रमा पुगेका नयाँ शरणार्थीको सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया समेत रोकिएको छ । उनीहरू दुर्गम क्षेत्रमा फसेका छन् । शिक्षा र स्वास्थ्य सेवा पनि व्यापक रूपमा प्रभावित भएका छन् । बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या शरणार्थीमध्ये दुई लाख ३० हजार बालबालिकाका लागि सञ्चालित शिक्षा कार्यक्रम बन्द हुने जोखिममा छ ।

लेबनानमा सञ्चालित सम्पूर्ण स्वास्थ्य सेवा यस वर्षको अन्त्यसम्म बन्द हुन सक्ने खतरा देखिएको छ ।
सहयोगको अभाव मात्र नभई, कर्मचारी कटौतीको समस्याले पनि थप चुनौती उत्पन्न गराएको छ । गत महिना मात्रै संस्थाले तीन हजार पाँच सय कर्मचारी हटाउने निर्णय गरेको थियो, जुन विश्वभरको एक तिहाइ कार्यबल हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : ४३ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको