माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ « Khabarhub

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक विचार सिद्धान्त निकट रहेका समूह तथा कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज आयोजित एकता सभामा उनले मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि सबै क्रान्तिकारी, वामपन्थी शक्तिलाई बलियो बनाउन विभिन्न रूपमा छरिएका कम्युनिष्ट समूहलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।

पार्टी बलियो बनाउन समान नीति र उद्देश्य बोकेका अरू दलसँगको एकता र सहकार्य अर्थपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रिय एकता अभियानसँग गरिएको एकताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूबाट आएका अभिव्यक्तिले तत्काल उनीहरूसँग एकताको सम्भावना नरहेको बताउँदै उनले त्यहाँभित्रको सैद्धान्तिक तथा वैचारिक विचलन बाधक रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीको वैचारिक दृष्टिकोणका कारणले देशको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट पारे ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेका वामपन्थी शक्तिबीचको एकता मुलुकको आवश्यकता भएको बताउँदै त्यसको सुरुआत आजको कार्यक्रमबाट भएको उल्लेख गरे ।

उनले मुलुकमा सबै वामपन्थी शक्तिबीच ध्रुवीकरणको विकास हुँदै जाँदा एमालेसँग पनि दीर्घकालमा एकताको सम्भावना र लक्ष्य राख्नुपर्ने उल्लेख गरे ।

अभियानका संयोजक वामदेव गौतमले आफू ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको बताउँदै एकताप्रति खुसी व्यक्त गरे ।

मुलुकमा समाजवाद निर्माणका लागि आफू समाहित भएको बताउँदै उनले भने, “मेरो जीवनमा समाजवाद देख्न पाएँ र मैले नै निर्माण गरेर समाजवादी पद्धतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्ण रूपमा सफल भएको ठान्नेछु ।”

नेता गौतमले जनताका समस्यालाई समाधान गर्दै पार्टी सङ्गठन गतिशील बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : १२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित