टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ।

नेपाली समयअनुसार सोमबार बिहान ७:१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान उत्रिनेछन्।

तस्बिरः क्यान

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो।

मेलबर्न स्टार्सले भने दुई खेलमा एक हार र एक जित निकालेको छ। पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थियो।

नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ। मेलबर्नसमेत नेपाललाई पराजित गर्दै तालिकाको माथिल्लो स्थानमा उक्लन चाहन्छ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ५९ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल